इन्धनको मूल्यवृद्धिअनुसार मूल्य समायोजना हुनुपर्छ– निर्माण व्यवसायी महासंघ

Logo
Nav Nepal आइतबार, बैशाख १३, २०८३

विराटनगर,१३ वैशाख ः निर्माण व्यवसायी महासंघ,कोशीले इन्धन लगायत अन्यमा भएको मूल्य वृद्धि अनुसार मूल्य समायोनको मार्ग निर्देशिका–२ तत्काल लागु गर्नुपर्ने माग गरेको छ।
महासंघद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जनसेवक भण्डारीले मध्यर्पूवमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल,पेट्रोल,मट्टितेल लगायत विटुमिन,सिमेण्ट डडीको मूल्य अध्याधिक मूल्यवृद्धि भएकोले सोही अनुसार मूल्य समायोजन गर्न संघ र नेपाल एवं प्रदेश सरकारसँग माग गर्नु भएको छ।
उहाँले मूल्य वृद्धिका कारण बजारबाट निर्माण उद्योगलाई आवश्यक सामाग्री अभावले निर्माण कार्य ठप्प हुने अवस्था पुरेकोले यसको कारण भौतिकपूर्वाधा क्षेत्रमा आएको यस प्रकारको ‘सुनामी’ले मुलुकको अर्थतन्त्रमा गम्भीर असर देखिन शुरु गरेकोले सरकार गम्भिर हुनपर्नेमा जोड दिनु भएको छ।
महासचिव रमेश कार्कीले अहिलेको विषम परिस्थितिमा निर्माण आयोजनाहरु पूर्व निर्धारित समयमै सकिने कुनै सम्भावना नभएकोले बंैक, ग्यारेण्टी,इन्सुरेन्स तथा थप क्षतिपूर्ति सहित सबै आयोजनाहरुको म्याद थपका लागि आवश्यक पहल गर्न नेपाल सरकार सम्वन्धित सबैपक्षहरुलाई आग्रह गर्नु भएको छ।
निर्माण कार्य हुने अहिलेको समयमा इन्धन लगायत अन्य सामाग्रीहरुको निन्तर अत्याधिक मूल्यवृद्धि एवं अभावले व्यवसायीहरुलाई ठूलो आर्थिक भार परी निर्माणाधीन आयोजनाहरुको भविष्यमा गम्भि प्रश्न खडा हुनका साथै यसमा आवद्ध लाखौ रोजगारी जोखिम परेकोले अविलम्व व्यवसायीहरुको मांग सम्बोधन हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
कोशी प्रदेशका सात जना निर्माण व्यवसायीहरु सरकारको कालोसुचिमा परेको सोही अवसरमा जानकारी दिइयो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077