विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगितामा विहिबार भएको खेलमा राजविराज हव र सिरहा हव विजयी भएका छन् ।
पिहलो खेलमा राजविराज हवले उदयपुर हवलाई ४२ रनले पराजित गरेको छ । जितसँगै राजविराज तेस्रो स्थानमा यथावत रहेको छ । राजविराजले ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
गएराती वर्षा भए पछि १० ओभरमा छोट्याएको खेलमा टस हारेर ब्याटिङ गरेकोे राजविराजले ८ विकेट गुमाई विकेट गुमाई ५६ रन बनाएको थियो । राजविराजका रोहन विकले सर्वाधिक २३ रन बनाए । उदयपुरका प्लेयर अफ म्याच सविन खडकाले ४ विकेट लिए ।
५७ रनको लक्ष्य पाएको उदयपुरले ७ दशमल ५ बलमा सवै विकेट गुमाउँदै १४ रनमा सिमित भयो । उदयपुरका कुनै पनि ब्याटरले ३ रन भन्दा माथि स्कोर गरेनन् । राजविराजकामिथलेश कविरले ३ विकेट लिँदा सुमित इसरले पनि ३ विकेट लिए ।
दोस्रो खेलमा सिरहा हवले इटहरी हवलाई ४४ रनले पराजित गरेको छ । जितसँगै सिरहा ५ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
टस हारेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ९२ रन बनाएको थियो । सिरहाका प्लेयर अफ म्याच आयुस विकले ३९ रन बनाउँदा प्रिन्स यादवले २० रन बनाए । इटहरीका शंखर पाण्डेले ३ विकेट लिँदा स्वर्णिम कँडेल र दिवश विष्टले समान २ विकेट लिए ।
९३ रनको लक्ष्य पाएको इटहरीले १५ दशमल ४ बलमा सवै विकेट गुमाउँदै ४८ रनमा सिमित भयो । इटहरीकनिश्चल राईले १३ रनको योगदान गरे । सिरहाका आयु विकले २ लिँदा अविशेक राँय र आलोक यादवले समान २ विकेट लिए ।
विराटनगरले ३ खेलमा २ मा जित र १ खेल रद्ध भएपछि ५ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने सिरहा ३ खेलमा १ मा जित र १ मा खेल रद्ध भएपछि ५ अंकका साथ दोस्रो, राजविराजले ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो , इटहरीले ३ खेलमा २ मा पराजित र १ खेल रद्ध भएपछि १ अंककासाथ चौथो तथा उदयपुरले ४ खेलमा ३ मा पराजित र १ खेल रद्ध भएपछि १ अंककासाथ पुछारमा रहेको छ ।