प्रतिशोधको भावनाले लोकतन्त्र कमजोर हुन्छ ः मुख्यमन्त्री कार्की

Logo
Nav Nepal बिहिबार, बैशाख २४, २०८३

 

विराटनगर, २४ वैशाख ः कोशी प्रदेश सरकारले राष्ट्रिय समाचार समिती (रासस)का पुर्व महाप्रबन्धक सिद्धराज राई सहित आठ जना पत्रकारलाई आज एक समारोहकाबीच पुरस्कार सहित सम्मान गरेको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेश स्तरीय पत्रकारितता पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।


कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रदान गरिने सो पुरस्कारबाट सम्मानित हुनेहरुमा पूर्वमहाप्रबन्धक राई सहित शेखर रेग्मी, गोपाल दाहाल, विवेक गौतम, मनोज श्रेष्ठ, रेजिना गौतम, सन्तोष रुचाल र श्यामसुन्दर सुतिहार रहेका छन ।
मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा विसं २०७५ देखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कृत प्रतिभाहरुलाई पुरस्कार एवं सम्मान वितरण गर्दै सञ्चार क्षेत्रले समाजलाई एक ढिक्कामा राख्न सकारात्मक भूमिका निर्वाह गर्नु पर्ने बताउनु भएको छ ।
उहाँले सरकारले निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन नियमन बनाउनु पर्छ बन्देजर अंकुश लगाउन नहुने भन्दै प्रदेश सरकारले आउने बजेटमा नीतिगत व्यवस्था गरी विज्ञानपन र सूचना दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


मुख्यमन्त्री कार्कीले प्रतिशोधको भावनाले लोकतन्त्रलाई कमजोर बनाउने विचार राख्दै कोशी प्रदेशमा पारित आम सञ्चार विधेयकले पत्रकारिता क्षेत्रलाई सुदृढ एवं व्यवस्थि तगर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले कोशी प्रदेशका महिला उद्यमीबाट सञ्चालित साना तथा मझौला उद्योगलाई प्रोत्साहित गर्न राष्ट्रसेवक कर्मचारीले वार्षिक पाउने पोशाक भत्तामा सो उद्योगबाट उत्पादित कपडा खरिद गर्न प्रदेश सरकारले थप रु पाँच हजार ५०० दिने जानकारी दिँदै सञ्चार क्षेत्रको विज्ञान र सूचना कटौटी हुने उद्घोष गर्नु भयो ।


आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जनताको अधिकार र प्रणाली स्थापित गराउन सञ्चार क्षेत्रको भूमिका अग्रनी रहेको चर्चा गर्दै पत्रकारितालाई नेतृत्व दिन आम सञ्चार विधेयकले एक संस्थाको जन्म दिएको छ भत्रुभयो ।
उहाँले समाजमा रहेका विकृति र विसंगतिलाई हटाउन र तथा सरकारलाई सहि मार्गमा लैजान खबरदारीको भूमिकालाई तेजिलो बनाउनु पर्ने धारणा राख्दै पुुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।
सो अवसरका आन्तरिक मामिला तथा कानुन सचिव आस्न तामाङ, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशिला पाठक र पुरस्कृत पत्रकार रोजिना गौतमले बोल्नु भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077