विराटनगर,२५ वैशाख ः कोशी प्रदेशमा एचआईभी सङक्रमितको ससङख्या प्रत्येक वर्ष वृद्धि हुदै गएको छ।
स्वास्थ्य कार्यालय मोरङले आज विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रियामा प्रदेशमा आर्थिक वर्ष २०७९–०८० मा दुई हजार २४८ ,२०८१–०८२ मा दुई हजार २३ छन् भने २०८०–०८१ म यो सङ्ख्या वृद्धि भई दुई हजार ४०७ पुगेको छ।
यस्तै विराटनगरमा मात्रै गत वर्ष १३९ एचआईभी सङ्क्रमित रहेको कार्यालयकाप्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले संङ्क्रमितहरुको हरेक वर्ष खोजी गरिने गरिएको छ।
कोशी प्रदेशमा देखिएका सङ्क्रमित सवै यहाँको नभएर अन्य प्रदेशबाट आएर पनि परीक्षण गर्ने गरेका छन् ।
कोशी प्रदेश एन्टी रेट्रो भाइरल थेरापी ( एआरटी) मा ६५६ जना सङ्क्रमितहरु रहेका छन् ।
एआरटीमा निशुल्क एचआइभी परामर्श तथा परिक्षण, निशुल्क कन्डम वितरण, निशुल्क एआरटी औषधि, यौन रोग परामर्श तथा परीक्षण निशुल्क भाइरल लोड परिक्षण हुने गरेको प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
एड्स हेल्थ केयर फाउण्डेशनका डा कुन्दन श्रेष्ठले नेपाल सरकारको समन्वयमा कार्य गरिरहेकको र प्रदेशमा ११ स्थानका एआटीबाट संक्रमितलाई निःशुल्क सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । –––