अर्किड कलेजका विद्यार्थीले उच्च सफलता प्राप्त गरेको -प्राचार्य भट्टराई

Logo
Nav Nepal सोमबार, बैशाख २८, २०८३

विराटनगर ,२८ वैशाख ः विराटनगरस्थित १० स्थित अर्किड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक विशेष समारोहबीच बिदाइ गरेको छ ।
कलेजले सोमबार विराटनगरमा आयोजित एक समारोहमा १७ औँ ब्याचका ८५० जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो ।


कलेजका विज्ञान सङ्कायका २५० र व्यवस्थापन संकायका ६०० विद्यार्थी रहेका छन्।


सो अवसरमा कलेजका प्राचार्य मनिष भट्टराईले विद्यार्थीहरूले मेहनेत र लगनशील भएर अध्ययन गरी मुलुक र समाजमा उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गहन अध्ययनले सफलताको शिखरमा पु¥याउने चर्चा गर्र्दै कलेजले सधैँ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी चिकित्सक,इन्जिनियर ,प्रशासनको उच्च ओहदामा सफलता प्राप्त गरेका छन् ।


प्रचार्य भट्टराईले भट्टराईले विद्यार्थीहरूको आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना समेत व्यक्त गरे।


कार्यक्रममा कलेजका अध्यक्ष अमित ढकाल र पूर्व प्रिन्सिपल दिपेश बाँस्तोलाले पनि भविष्यका आउने चुनौतीहरू सामना गर्दै अघाडि बढ्न प्रेरणा दिनुभयो ।
कक्षा १२ का विद्यार्थी सरोज पौडेलले कलेजमा प्राप्त ज्ञान तथा अनुशासन आगामी शैक्षिक यात्राका लागि मार्गदर्शक हुने बताए।
बिदाइ कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत प्रस्तुत गरेका थिए ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077