‘जन्म र मृत्युको डिजिटल अभिलेखिकरणले स्वास्थ्य क्षेत्रलाई प्रविधि मैत्री बनाउन सहयोग पुग्ने’

Logo
Nav Nepal बिहिबार, जेठ २१, २०८३

विराटनगर ,२१ जेठ ः अस्पतालहरूमा हुने जन्म र मृत्युको अभिलेखीकरणलाई डिजिटल प्रणालीको विकासले स्वास्थ्य क्षेत्रलाई प्रविधि मैत्री बनाउन सहयोग पुग्ने सरोकारबालाले बताउनु भएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, काठमाडौँ र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेशका अस्पतालमा हुने जन्म र मृत्युको दर्ता व्यवस्थापन प्रणाली सम्बन्धी सरोकारवालाहरुका लागि अभिलेखिकरण एवं अन्तरक्रियामा सहभागीहरुले अस्पतालमा हुने जन्म र मृत्युको विवरण सिधै केन्द्रीय र स्थानीय दर्ता प्रणालीसँग आबद्ध हुनाले व्यक्गित घटना दर्ताको झन्झटिलो प्रक्रियालाई पूर्ण रूपमा न्यूनीकरण गर्ने विश्वास सहभागीहले व्यक्त गरेका छन् ।


प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बुले जन्म र मृत्यु दर्ता समयमा दर्ताले राज्यलाई जनसङख्याको यथार्थ अवस्था बुझ्न, स्वास्थ्य योजना निर्माण गर्न तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण आधार तयार गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले नेपाल सरकारले नागरिकका व्यक्तिगत घटना दर्तालाई डिजिटल र व्यवस्थित बनाउने नीति लिएको चर्चा गर्दै यसले अस्पताल र स्थानीय तहबीचको सूचना आदान प्रदानलाई छिटो, भरपर्दो र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री लिम्बुले जन्म तथा मृत्यु घटनाको समयमै अभिलेखीकरणले तथ्यमा आधारित स्वास्थ्य योजना निर्माण गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले सबै अस्पतालमा यो सेवा शुरु गर्नुपर्नेमा जोड दिदै स्थानीय तहसँगको साझेदारी नीजि अस्पालमा प्रणाली लागु गर्न आयोगले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा यदुचन्द्र घिमिरेले जनताको स्वास्थ्यप्रति सम्वेदनशिल भएर सरकारले शैलजा आचार्य अस्पताल विराटनगरमा आकस्मिक सेवा शुरु गरेको जानकारी दिनु भयो ।
जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा र संघीय स्वास्थ्य मन्त्रालयका उप सचिव झविन्द्र प्रसाद पाण्डेयले यो प्रणालीको विकासले नागरिकले सहज र छिटो सेवा प्राप्त गर्ने विचार राख्नुभयो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077