विराटनगर,३० जेठ ः इडेनवर्ग कलेज विराटनगरले आज विद्यार्थीहरूका लागि बिदाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरमा आयोजित एक विशेष कार्यक्रम बीच बीबीएस र बीएड संकायका विद्यार्थीहरूलाई बिदाइ तथा स्वागत गरिएको हो ।

कलेजका निर्देशक भुवन नेपालले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष र स्वरोजगार जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताउनु भयो ।

उहाँले बिदाइ भएर जाने विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै नयाँ विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्न सुझाव दिनु भयो ।
क्याम्पस प्रमुख डिके साहले इडेनवर्ग कलेजले विद्यार्थीहरूलाई जहिले पनि सीप र संस्कारसहितको शिक्षा दिएर अगाडि बढाएको उल्लेख गर्नु भयो ।

उहाँले छैटौँ ब्याचका १९६ जना विद्यार्थीलाई बिदाइ गरियो भने सोही संकायको नवौँ ब्याचमा अध्ययनरत ४६४ जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको जानकारी दिनु भयो ।
समारोहमा ‘डान्सिङ स्टार’ प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
सोही अवसरमा पत्रकार प्रेम देवानले आफ्ना स्वर्गीय बुबाको सम्झनामा स्थापित ‘कृष्ण देवान स्मृति पुरस्कार’ प्रदान गरिएको छ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न आकर्षक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको छ।