‘निर्वाचनमा प्रणालीमा रहेका कमजोरी सुधार गर्नुपर्छ ’

Logo
Nav Nepal आइतबार, जेठ ३१, २०८३

 

विराटनगर, ३१ जेठ ः मुलुकको वर्तमान निर्वाचन प्रणालीमा रहेका चुनौती र कमजोरीहरू पहिचान गरी आगामी दिनमा नीतिगत तथा व्यावहारिक सुधार गर्नु पर्ने सहभागीले बताउनु भएको छ।
नेपाल मतदाता अधिकार मञ्चद्वारा आज विराटनगरमा आयोजित निर्वाचन सुधार, सुशासन तथा जनसहभागिता सम्बन्धी प्रादेशिक संवाद’ कार्यक्रम सरोकारवालाहरुले निर्वाचन प्रक्रियालाई पारदर्शी, मर्यादित र जवाफदेही बनाई समग्र राज्य प्रणालीमा सुशासन कायम गर्न सघाउ पुग्ने विचार राखेका छन् ।
उहाँहरुले लोकतान्त्रिक प्रक्रिया र निर्वाचनमा नागरिकहरूको अर्थपूर्ण तथा सक्रिय सहभागिता वढाउन आवश्यक व्यापक छलफल एवं विमर्श गर्नुपर्नेमा जोड दिएका थिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउनका लागि नागरिक समाज, राजनीतिक दल र मतदाता अधिकारवादीहरूबीच साझा धारणा तय गर्न यो संवाद कोसेढुङ्गा सावित हुने अपेक्षा आयोजकले राखेको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन प्रणालीलाई सुदृढ, परिमार्जित र समयसापेक्ष बनाउनु पर्ने बताउनु भयो ।
उहाँले नीति निर्माणको निर्णायक तहमा सही प्रतिनिधित्व हुनु नै सुशासनको पहिलो पाइला भएको विचार राख्नुभयो ।
मन्त्री पराजुलीले सीमान्तकृत, पिछडिएका जाति, जनजाति, र विभिन्न क्षेत्र–समुदायका सवालहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने र यसका लागि निर्वाचन ऐनभित्रै आवश्यक परिमार्जन गरिनुपर्ने धारणा राख्नुभयो ।
मञ्चका अध्यक्ष भक्त विश्वकर्मालेनिर्वाचन सम्बन्धीकानुनलाई संशाधनरएकीकरण गर्न वनेका ेविधेयक ( २०८०) माथि चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका सामाजिक संघसंस्थाका प्रतिनिधि,प्रदेश निर्वाचन कार्यालयका प्रमुख लगायतको उपस्थिति थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077