विराटनगर, २ असार ः नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठन सम्बन्धी सुझाव संकलन एवं पार्टी जागरण अभियान अभिमुखीकरणको दुई दिने कार्यक्रम आजदेखि विराटनगरमा शुरु भएको छ।
एमाले केन्द्रीय कार्यदल काठमाण्डौ र कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरुको सहभागिता रहेको छ ।
बैठकमा प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्न तथा पार्टी पुनर्गठन सम्बन्धी गठित कार्यदललाई आवश्यक सुझाव दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेश भित्रका सम्पूर्ण केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी सचिवालयका सदस्यहरू, नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरू, प्रदेशका १४ वटै जिल्ला कमिटीका अध्यक्षहरू र जनसंगठनका प्रदेश अध्यक्षहरुको उपस्थिति रहेको छ।
नेकपा एमालेका उपाध्यक्षहरु रामबहादुर थापा,पृथ्वीसुव्वा गुरुङ,विष्णु पौडेल, महासचिव शंकर पोखरेल,सचिव शेरधन राई, भानुभक्त ढकाल, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमारकार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भिडियो मार्फत प्रत्यक्ष सम्वोधन गर्नु भएको थियो ।
स्वागत मन्तव्य पछि सञ्चारकर्मीहरुलाई कार्यक्रममा बस्न निशेध गरिएको थियो ।–––