‘एभेरेष्ट कलेजद्वारा बीआईटी कार्यक्रम सञ्चालनमा –कमाउँदै पढ्ने व्यवस्था’

Logo
Nav Nepal मंगलबार, आषाढ ०९, २०८३

विराटनगर,८ असार ः एभरेष्ट एजुकेशन फाउन्डेसन विराटनगर–५ ले ‘ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी’ (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन प्राप्त गरी ‘न्यू एभरेष्ट कलेज’ मार्फत बीआइटी कार्यक्रम संचालनमा ल्याउने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कलेजले आगामी शैक्षिक सत्रदेखि नै पठनपाठन सुरु गर्ने जानकारी दिएको छ ।

उच्च शिक्षाका लागि काठमाडौं वा विदेश धाउनुपर्ने विद्यार्थीको बाध्यतालाई मध्यनजर गर्दै स्थानीयस्तरमै विश्वस्तरीय शिक्षा उपलब्ध गराउन यो कार्यक्रम ल्याइएको एभरेष्ट कलेजका प्राचार्य टीकाराम पुरीले जानकारी दिनु भयो ।

उहाँले अन्तर्राष्ट्रियस्तरको भौतिक पूर्वाधारसहित कलेज सञ्चालन गर्न लागिएको बताउनु भयो ।


प्राचार्य पुरीले भन्नु भयो,‘ विगत तीन दशकदेखि विद्यालय तहमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको यस संस्थाले अब आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । ’

आठ सेमेस्टर अर्थात चार वर्षे अवधिको यस बीआईटी कार्यक्रममा सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एप्लिकेसन, साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स एआई, क्लाउड कम्प्युटिङ र डाटा एनालिटिक्स जस्ता आधुनिक विषयहरू समावेश छन् ।

काठमाडौं विश्वविद्यालयको पाठ्यक्रमअनुसार सञ्चालन हुने यो कार्यक्रममा सैद्धान्तिक ज्ञानसँगै इन्टर्नसिप र प्रोजेक्ट वर्कलाई विशेष प्राथमिकता दिइने कलेजको भनाइ छ ।

कलेजका अनुसार बीआईटी उत्तीर्ण गर्ने विद्यार्थीले बजारमा सफ्टवेयर इन्जिनियर, साइबर सुरक्षा विश्लेषक र प्रविधि उद्यमीका रूपमा आफूलाई स्थापित गर्न सक्नेछन् ।
एमआईटी वा डाटा साइन्स जस्ता स्नातकोत्तर तहका कार्यक्रममा समेत सहजै प्रवेश पाइनेछ ।

विश्वविद्यालयले यस कार्यक्रमका लागि असार ५ गतेदेखि २५ गतेसम्म भर्ना आवेदनको समय तोकेको छ ।
सीमित सिट संख्या रहेकाले इच्छुक विद्यार्थीलाई समयमै प्रक्रिया अघि बढाउन कलेजले आग्रह गरेको छ ।
कलेजले तेस्रो सेमिष्टर पछि विद्यार्थीले कमाउँदै पढ्नका विभिन्न उद्योग, व्यवसायिक प्रतिष्ठान लगायत क्षेत्रमा ‘जव प्लेसमेन्ट’को व्यवस्था मिलाइएको छ।

सोही अवसरमा कलेजले कक्षा १२ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मान समेत गरेको थियो ।–––

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077