बाढीपीडितको राहतका लागि मोरङका निजी विद्यालयहरूद्वारा ७४ लाख ९५ हजार बढी सहयोग

Logo
Nav Nepal बुधबार, भाद्र २४, २०८३

​विराटनगर  । भोटेकोशी तथा देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी-पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि मोरङका निजी तथा आवासीय विद्यालयहरूले रु. ७४,९५,७५१ (चौहत्तर लाख पञ्चानब्बे हजार सात सय एकाउन्न रुपैयाँ) सहयोग संकलन गरेका छन्।
​निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), मोरङ जिल्ला समितिले जिल्लाका विभिन्न पालिकाहरूमा रहेका सदस्य विद्यालयहरूसँग समन्वय गरी यो रकम संकलन गरेको हो। संकलित रकम प्याब्सन केन्द्रीय राहत कोषमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी एकमुष्ट पठाइएको प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले जानकारी दिएका छन्।
​प्याब्सन मोरङका अनुसार जिल्लाका विभिन्न १५ वटा पालिकाहरूका निजी विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सहयोगी मनहरूबाट राहत रकम संकलन गरिएको हो।
​पालिकागत रूपमा संकलित रकमको विवरण:
​विराटनगर (३३ विद्यालय): रु. २३,१३,५२७
​सुन्दरहरैंचा (२५ विद्यालय): रु. १५,७०,३१९
​बेलवारी (२० विद्यालय): रु. ९,६८,३७२
​पथरी (२३ विद्यालय): रु. ६,९०,७५१
​रंगेली (११ विद्यालय): रु. ४,८३,६०३
​उर्लाबारी (१६ विद्यालय): रु. ३,८३,३१७
​लेटाङ (१२ विद्यालय): रु. २,६९,०१३
​केरावारी (६ विद्यालय): रु. २,४१,०५४
​रतुवामाई (१९ विद्यालय): रु. २,४६,४७७
​मिक्लाजुङ (१० विद्यालय): रु. १,७९,०३३
​सुनवर्षी (१ विद्यालय): रु. ६२,९२५
​कटहरी (२ विद्यालय): रु. २७,२३५
​कानेपोखरी (१ विद्यालय): रु. २५,०००
​धनपालथान (१ विद्यालय): रु. २५,०२५
​ग्रामथान (१ विद्यालय): रु. १०,१००
​विपद्को यस दुः खद घडीमा पीडित परिवारको पीडामा साथ दिँदै सामाजिक उत्तरदायित्व र सहयोगको भावना प्रस्तुत गर्ने सम्पूर्ण विद्यालय परिवार, विद्यार्थी तथा अभिभावकहरूप्रति प्याब्सन मोरङले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077