शिक्षादिप कलेजद्वारा विद्यार्थीहरुलाई सूचना प्रविधिका विभिन्न विधामा तालीम

Logo
Nav Nepal शनिबार, माघ २०, २०८०

विराटनगर,२०माघ । विद्यार्थीहरुलाई विद्यालयस्तरबाट सूचना प्रविधि विषयमा ज्ञान दिइ स्वदेश तथा विदेशमा आवश्यक दक्षजनशक्ति उत्पादन गरिने छ दिने अभिमुखीकरण तालीम आज यहाँ समापन भएको छ ।

शिक्षादिप कलेज विराटनगर–९ ले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सूचना प्रविधिका विभिन्न विधा अन्तर्गत रहेको साइबर सुरक्षा, एप्स निर्माण, वेव साइट,सफ्वेयर तथा आर्टीफिसियल इन्टेलिजेन्स(एआई) विषयमा पाँच दिने प्राविधिक अभिमुखीकरण तालीम दिएको कलेजका सञ्चालक रामचन्द्र अधिकारीले जानकारी दिनु भयो ।

विराटनगरमा यस प्रकारका तालीम पहिलो पटक विद्यालयले सञ्चालन भएको उहाँले बताउनु भयो ।
तालीम सहजीकरण गर्न यति एयरलाईन्सका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा,एक्सपायर कलेज काठमाण्डौका प्राचार्य लक्ष्मी पोखरेल , अशिष प्रसाई , सफ्ट माइण्डका जीवन निरौला एवं सूचना प्रविधि विषयका विज्ञहरुले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

विद्यालयका प्राचार्य ज्ञानबहादुर खड्काले विद्यार्थीहरुले प्राप्त गरेको ज्ञानबाट स्वदेश तथा विदेशमा आत्मनिर्भर सहयोग पु¥याउनका साथै सूचना प्राविधि क्षेत्रमा वैदेशिक मुद्रा आर्जन सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो । कार्यशालामा विद्यार्थीले सूचना प्रविधि क्षेत्रमा प्राप्त ज्ञान एवं शिप प्रदर्शन गरेका थिए । उक्त्त तालीममा विद्यालयका चार सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077