विराट ट्रेड फेयरमा रु २० करोडको कारोवार

Logo
Nav Nepal शुक्रबार, आश्विन ३०, २०८३

विराटनगर ३० असोज । विराटनगरमा असोज २२ गतेदेखि सञ्चालन भएको विराट ट्रेड फेयर आज सम्पन्न भएको छ।

असोज ३० गतेसम्म सञ्चालन भएको मेलामा करिब रु २० करोडको कारोबार भएको र एक लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजार माग घटिरहेको र उत्पादनमा समेत कमी आएको अवस्थामा फेयर सफल हुनु सकारात्मक भएको बताउनुभयो।
उनले मेलाले व्यापार व्यवसायलाई टेवा पुर्याएको उल्लेख गर्दै आगामी दिनमा कमजोरी सुधार गरेर अघि बढ्न आयोजकलाई सुझाव दिनुभयो ।

प्रत्येक दसैँमा विराट व्यापार संघले आयोजना गर्ने मेला भन्ने पहिचान स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राउतले यस्ता कार्यक्रमले बजारलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवालले विराटनगरको बजार विगतको तुलनामा सुधार हुँदै गएको बताउनुभयो।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले फेयर राम्रो भएको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

फेयर संयोजक श्यामप्रसाद पौडेल (भवेश) ले विराट ट्रेड फेयर व्यापार मेलामा मात्र सीमित नभई साना तथा मझौला व्यवसायलाई समेत चलायमान बनाउन सफल भएको बताउनुभयो।
ट्रेड फेयरमा १३० स्टल राखिएका थिए। तीमध्ये करिब १०० वटा व्यावसायिक स्टल थिए भने बाँकी ३० वटा स्टलमा खाद्य संस्थान, दुग्ध विकास संस्थान (डीडीसी), जिल्ला प्रहरी कार्यालय मोरङलगायतका संस्थाले आफ्ना सेवा तथा गतिविधि प्रस्तुत गरेका थिए।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077