महानगर रोजगार मेला

Logo
Nav Nepal मंगलबार, फाल्गुण २९, २०८०

विराटनगर, २९ फागुन ः विराटनगर महानगरपालिकाले विभित्र सङ्घ संस्थाहरुको समन्वयमा युवा रोजगारी अभिवृद्धिका लागि ‘महानगर रोजगार मेला–२८०’ आयोजना गर्ने भएको छ । आगामी चैत २ र ३ गते स्थानीय वीरेन्द्र सभागृह नजिकै इको फन पार्कमा लाग्ने सो मेलामा ४० वटा स्टल रहने बताइएको छ ।
प्रारम्भमा १५० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवायुवतिले लाभ लिन सकिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले पहिलो पटक महानगरले गर्न लागेको यस किसिमको मेलाबाट विभित्र सङ्घ संस्था, बैंक, प्रतिष्ठान तथा रोजगारदाताहरुलाई कस्तो किसिमको जनशक्त्ति आवश्यक पर्ने हो त्यसको खोजी गर्न सजिलो भएको भन्दै दक्षता अनुसारको रोजगारीको खोजीमा रहेका युवाहरु प्रत्यक्ष रोजगारदातासँग भेट गर्ने अवसर पनि मेलामा जुट्ने चर्चा गर्नुभयो ।
प्रमुख कोइरालाले भत्रुभयो, ‘ हामी सबैको रहर शिक्षित सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ को यो लक्ष्य बमोजिम यो मेलाले युवाहरुको आवश्यकता र चाहना पूरा गर्ने विश्वास व्यक्त्त गर्नुभयो ।
मेलाबाट उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्त्ति बारे एकै ठाउँबाट जानकारी पाउने, बेरोजगार युवाहरुले विभित्र उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्ने, सीपमूलक तालिमहरु तथा रोजगारको अवसरको बारेमा जानकारी प्राप्त गर्न सक्ने, विद्यार्थीहरु तथा युवाहरुले वृति परामर्श सेवा प्राप्त गर्ने र नमुना रोजगार सेवा केन्द्रको सेवाको बारेमा जानकारी प्राप्त भइ सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ ।––––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077