महानगर रोजगार मेलाबाट ३०० युवायुवतीले रोजगार पाउने

Logo
Nav Nepal शुक्रबार, चैत्र ०२, २०८०
विराटनगर, २ चैत ः विराटनगर महानगरपालिकाले विभित्र सङ्घ संस्थाहरुको समन्वयमा युवा रोजगारी अभिवृद्धिका लागि आयोजित ‘महानगर रोजगार मेला–२०८०’को विराटनगर महानगपालिकाका प्रमुख नागेश कोइरालाले आज यहाँ उद्घाटन गर्नुभयो ।
यहि चैत २ र ३ गते स्थानीय वीरेन्द्र सभागृह नजिकै इको फन पार्कमा लागेको  सो मेलामा ४० वटा स्टल रहेका छन् ।
प्रमुख कोइरालाले प्रारम्भमा ३०० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवायुवतिले लाभ लिन सकिने जानकारी दिनुभयो ।
उहाँले सम्पूर्ण रुपमा विदेश पलायन हुने युवायुवतीलाई रोक्न नसकिने भएपनि यसबाट केही हदसम्म स्वदेशमै युवायुवतीलाई रोजगारको प्रबन्ध हुने विश्वास व्यक्त्त गर्नुभयो ।
उहाँले पहिलो पटक महानगरले गर्न लागेको यस किसिमको मेलाबाट विभित्र सङ्घ संस्था, बैंक, प्रतिष्ठान तथा रोजगारदाताहरुलाई कस्तो किसिमको जनशक्त्ति आवश्यक पर्ने हो त्यसको खोजी गर्न सजिलो भएको भन्दै दक्षता अनुसारको रोजगारीको खोजीमा रहेका युवाहरु प्रत्यक्ष रोजगारदातासँग भेट गर्ने अवसर पनि मेलामा जुट्ने चर्चा गर्नुभयो ।
प्रमुख कोइरालाले भत्रुभयो, ‘ हामी सबैको रहर शिक्षित सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ को यो लक्ष्य बमोजिम यो मेलाले युवाहरुको आवश्यकता र चाहना पूरा गर्ने विश्वास व्यक्त्त गर्नुभयो ।
जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रकुमार साहले उद्योगविहीन हाम्रो पालिकामा रोजगारका अवसरहरु सिर्जना गर्न उद्योग सङ्गठनलाई आग्रह गर्नुभयो । कृषि र चौपाया पालनमा मात्र सीमित रहेको जहदा गाउँपालिका क्षेत्रमा उद्योगहरु स्थापना भएमा आफूले सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
इलाम नगरपालिकाका उपप्रमुख विष्णु प्रधानले इलाममा दुग्ध र दुग्ध जन्य पदार्थहरुको अत्यन्त ठूलो व्यपार तथा व्यवसाय रहेको र पछिल्लो समयमा यी उत्पादनहरुको बिक्री वितरण कम हुने गरेकाले यस्ता व्यवसाय र व्यवसायी समस्याहरु रहेको चर्चा गर्नुभयो ।
उहाँले कृषि अन्तर्गत चौपायामा लम्की स्किन रोग पुनःदेखा परेकाले यो रोगबाट बचाउन प्रदेश सरकारसँग इलामका लागि १० हजार डोज रोग विरुद्धको भ्याक्सिन माग गरेको जानकारी दिनुभयो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले मुलुकमा अहिले बेरोजगारको धेरै ठूलो समस्या रहेको भएपनि सङ्गठन यसवर्ष ३०० मानिसलाई रोजगार दिने जानकारी दिनुभयो । कार्यक्रममा गैरसरकार संस्था महासङ्घ मोरङका अध्यक्ष विष्णु शर्माले पनि बोल्नुभएको थियो । मेलाबाट उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्त्ति बारे एकै ठाउँबाट जानकारी पाउने, बेरोजगार युवाहरुले विभित्र उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्ने, सीपमूलक तालिमहरु तथा रोजगारको अवसरको बारेमा जानकारी प्राप्त गर्न सक्ने, विद्यार्थीहरु तथा युवाहरुले वृति परामर्श सेवा प्राप्त गर्ने र नमुना रोजगार सेवा केन्द्रको सेवाको बारेमा जानकारी प्राप्त भइ सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ ।––––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077