दलित महिलाहरुको आर्थिक समृद्धि ल्याउन प्रदेश र पालिकाले नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्नुपर्छ

Logo
Nav Nepal शुक्रबार, चैत्र ०२, २०८०
विराटनगर,२ चैत ।  दलित महिलाहरुको  आर्थिक समृद्धि र सामाजिक छुवाछुत नियन्त्रण गर्न  प्रदेश , पालिका र वडाहरुले आगामि वर्षको नीति तथा कार्यक्रमा सम्बोधन गर्नुपर्ने सहभागीहरुले सुझाव दिनु भएको छ ।
उहाँहरुले दलीतको आवाजलाई सम्वोधन गरी , उनीहरुको हक अधिकारी , अर्थपूर्ण अधिकारको सुनिश्चिता र आय आर्जन अभियान सञ्चालन गर्न  प्रदेश र पालिकाले जोड दिनु पर्ने बताउनु भयो ।
दलित महिला संघ मोरङद्वारा आज यहाँ आयोजित  आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति कार्यक्रम तथा बजेटमा दलित महिलाको सवाललाई सम्वोधन गर्नका लागि मिडियाकर्मीहरुको भूमिका विषयक अन्तरक्रियामा सहभागीहरुले पछाडि परेका दलितलाई प्रदेश र पालिकाको वजेटले छुन नसकेको गुनासो व्यक्त्त गरेका छन् ।
उहाँहरुले  विराटनगरमा आजदेखि सञ्चालन भएको  रोजगार मेलामा दलित समुदायका युवायुवतीहरुलाई पालिकाले स्वयंसेवकमा नराखेको जानकारी समेत दिएका छन् ।
संघको प्रदेश अध्यक्ष पाण्डु परियारले  सरकारको दिगो विकास लक्ष्य प्राप्त गर्न दलित महिलालाई  शिक्षा, रोजगारमा  तथा आयआर्जनमा समावेश गर्नु पर्नेमा जोड दिनु भयो ।
संघकी मोरङ अध्यक्ष शर्मिला परियार, जिल्ला कार्यक्रम संयोजक नरबहादुर आउजी र नेपाल पत्रकार महासंघ मोरङकी कार्यवाहक अध्यक्ष तारा आचार्यले  दलित महिलाहरुलाई सम्मानित, विश्वाशिलो  तथा सहाशिक  पेशाहरु चालक, सूचना प्रविधि र होटल जस्तामा आवश्यक सहयोग एवं तालीम दिनु पर्ने सुझाव दिनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077