कोशी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि आर्मीलाई

Logo
Nav Nepal शनिबार, चैत्र ०३, २०८०
विराटनगर,३ चैत । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ।
आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई  नौ विकेटले पराजित गर्दै प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि हात पारेको हो ।
उपाधिसँगै आर्मी नगद रु पाँच लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगद रु तीन लाख प्राप्त गरेको छ।
कर्णालीले दिएको १११ रनको लक्ष्य आर्मीले १२ दशमलव दुई बलमा एक विकेटको नोक्सानीमा पूरा गरेको थियो ।
पहिलो विकेटका लागि आर्मीको ओपनर सन्तोष कार्की र ईमरान शेखले २५ रनको साझेदारी गरेका थिए ।
सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका तृतराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गरेका हुन ।
आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ रन र तृतराजले ३३ बलमा अविजित ५० रन बनाएका थिए ।
च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।
शेख र दासबीच ५४ बलमा ८७ रनको साझेदार गर्दै खेल आफ्नो पक्षमा पारेका थिए  ।
कर्णालीका दिनेश अधिकारीले एक विकेट लिएका थिए  ।
  यस अघि टस जितेश ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाई  ११० रन बनाएको थियो । कर्णालीका लागि विपिन रावलले २७ रन बनाउँदा कप्तान रविन्द्र शाहीले २१ रन, मनिस थापाले २१ र दिनेश अधिकारीले १२ रन  बनाएका थिए  ।
आर्मीका तृतराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान २–२ विकेट लिएका थिए  ।
च्याम्पियनसिपमा प्लेयर अफ दि टुर्नामेन्ट र प्लेयर अफ द फाईनलको पुरस्कार आर्मीका अलराउण्डर दासले प्राप्त गरेका छन् ।
प्रतियोगिताको उदयमान खेलाडी आर्मीका नितेश पटेल घोषित भएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विजेता टोलीलाई पुरस्कार वितरण गरेका हुन ।
फागुन २२ गतेबाट शुरू भएको प्रतियोगितामा तीन विभागिय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिनु भयो  ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077