गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउने ः मुख्यमन्त्री कार्की 

Logo
Nav Nepal शुक्रबार, चैत्र ०९, २०८०
विराटनगर,९ चैत ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन  बाललिकालाई गुणस्तर शिक्षा दिनु  आवश्यक रहेको  बताउनु भएको छ।
  नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरङ ग्रामथान गाउँपालिका–२ द्वारा  शुक्रवार झोराहाटमा  आयोजित  ‘ झिलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कारवाट सञ्चारकर्मी सुशिला पाठकलाई नगद सहित सम्मान गर्दै उहाँले अभिभावकले आफ्नो बावालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा समाज र राष्ट्रको उन्नतिमा सहयोग पुग्ने धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले अङ्कको आधारमा विद्यार्थी उत्कृष्ट नहुने चर्चाै गर्दै कक्षा कोठा वाहिर चौर  पनि रोजगार र शिक्षाको केन्द्र भएको उद्हारण खेलाडी कुसल भूर्तेल र दिपेन्द्र ऐरिले क्रिकेटको माध्यमबाट कायम गरेको विश्व किर्तिमानबाट देखिएको बताउनु भयो ।
उहाँले  कपि र कलम भन्दा वाहिरको गला र मेहनतबाट नेपालको नाम विश्वमा राख्न सफल  गायिका मेनुका पौडेल रहेको गर्दै शिक्षकले कक्षा कोठामा भएका सम्पूर्ण विद्यार्थीहरुको योग्यता , शिपको सम्मानवाट मुलुकमा परिवर्तन आउने धारणा राख्नु भयो ।
एक फरक प्रसङमा मुख्यमन्त्री कार्कीले भन्नु भयो –  वर्तमान प्रदेश सरकार सविधान भन्दा वाहिर एक मिनेट पनि सञ्चालन नगर्ने दुढता व्यक्त गर्दै  संघमा गठबन्धन फेरिदै यो सरकार नफेरिने दावी गर्नु भयो ।
उहाँले प्रदेश सभा सदस्यहरुले वर्तमान कोशी सरकार संविधानको कुन धाराको आधारमा वहुमत प्राप्त भएको त्यो हेर्न समेत आग्रह गर्नु भयो ।
कोषका अध्यक्ष शंकरप्रसाद लुइँटेल र सरस्वती माविका प्रधानअध्यापक अशोक लुइँटेलले सम्पूर्ण विद्यार्थीहरुलाई समान व्यवहार र सिकाईप्रति विशेष जोड दिने गरेको विचार राख्नु भयो ।
सोही अवसरमा मुख्यमन्त्री कार्कीले सरस्वती विद्यालयका जेहन्दार छात्रछात्रा र उत्कृष्ट र निवर्तमान शिक्षकहरुलाई नगद सहित सम्मान गर्नु भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077