विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा –रात्रिकालिन हुने 

Logo
Nav Nepal बुधबार, चैत्र १४, २०८०
विराटनगर,१४ चैत ः विराटनगरको शहीद रङ्शालामा चैत १५ गते(भोलिदेखि) हुने रात्रिकालिन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठांँे संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रतियोगिताको मैदान सम्याउने ,रङशाला , प्याराफिट मर्मत , रङरोगन जस्ता कार्य सम्पन्न भएको   विराट गोल्ड कप  ट्रष्टद्वारा  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा भारतको दुई, भुटानबाट एक र नेपाली ए डिभिजनको   सात क्लब गरि १० क्लबको सहभागिता रहने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनु भयो ।
रात्रीकालिन समयमा हुने गोल्डकपमा नेपालका शहिद स्मारक ए डिभिजन विजेता चर्च ब्वाईज, विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली, न्यूरोड टिम, मच्छिन्द्र फुटबल क्लब र सांग्रिला मोरङ एफए रहने उहाँले बताउनु भयो ।
यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको थिम्पुबाट आरटिसी फुटबल क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्ने  छन् ।
गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
‘ हाम्रो शान विराटनगरको पहिचान विराट गोल्डकप’ नाराका सहित प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु १ करोड १८ लाख ४३ हजार खर्च लाग्ने टष्ट्रका अध्यक्ष शाहीले जानकारी दिनु भयो ।
भोलिको(बिहिवार)को उद्घाटन खेल नेपाल पुलिस क्लव काठमाण्डौं र आसिटि फुटवल क्लव भूटान बीच हुने छ ।
गोल्डकपको अघिल्लो संस्करणमा विराटनगर सिटी फुटबल क्लब विजेता भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077