कृषि मूल्य सूचना प्रणाली सार्वजनकीकरण

Logo
Nav Nepal बुधबार, चैत्र १४, २०८०

विराटनगर, १४ चैत ः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय विराटनगरद्वारा आज यहाँ आयोजित ‘ कृषि मूल्य सूचना प्रणाली ’ सार्वजनकीकरण गर्दै उहाँले कृषिमा उत्रति गरेर नै अर्थतन्त्रलाई बलियो तथा समृद्ध नेपाल निर्माण सकिन्छ भत्रुभयो ।
उहाँले कृषिमा मेहनत गर्ने किसान तथा कृषकलाई पहिचान गरेर सरकारले आवश्यक सहुलियत दिने सरकारको योजना छ भन्दै कृषि उत्पादनको उचित मूल्यको पारदर्शिताले सुशासनमा सुधार आउने बताउनुभयो ।
मन्त्री खत्रीले प्राकृतिक रुपमा परिपूर्ण हाम्रो नेपाल पछिल्लो समयमा कृषि क्षेत्रमा कमजोर देखिएकाले कृषिलाई महत्व दिन स्थानीय पालिकासँग प्रदेश सरकार छलफल गरेर कार्यक्रम तथा योजना ल्याउने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले कृषि सम्वाद कार्यक्रम सञ्चालन गरेर कृषिसँग जोडिएका ज्ञान, सीप र क्षमतालाई आमनागरिक समक्ष पु¥याउन सम्बाद कार्यक्रम आवश्यक रहेकाले यसतर्फ ध्यान दिन मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।
इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले कृषि मूल्य सूचना किसानसम्म सही तरिकाले पुगे विचोलियाको हैकम समाप्त हुने भन्दै सरकारले कृषकलाई उच्च प्राथमिकतामा राख्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आयातित कृषि उत्पादनले यहाँका कषक निकै मर्कामा परेकाले यसतर्फ सरकारको ध्यान जानु पर्ने कुरामा जोड दिनुभयो ।
उद्योग, कृषि तथा सहकारी सचिव डा लेखराज दाहालले यो प्रणालीले वस्तु उत्पादन गर्ने कृषक, व्यापारी र उपभोक्त्तालाई सहज हुने धारणा राख्नुभयो ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सूयविनायक नगरपालिका इलामका प्रमुख रणबहादुर राई , मन्त्रालयका प्रशासन तथा योजना प्रमुख पशुपति पोखरेल, धरान कृषि थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराई, उदयपुरका ईश्वर राना मगर, विर्तामोड झापाका राजेन्द्र कडरिया र खगेन्द्र महतो र प्राविधिक रेशिका कोइरालाले पनि बोल्नु भएको थियो ।––––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077