विराटनगर,१८ चैत । वैश्य सेवा परिषद नेपाल विराटनगरद्वारा सञ्चालित एक महिने शिपमुलक सिलाई कटाई तालिम सम्पन्न गरेको छ । उक्त तालिम विराटनगर महानगरपालिका वडा नं. ९ को सहयोगमा भएको कार्यक्रममा २० जना महिला सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडाध्यक्ष विश्वनाथ प्रसाद भगत, विशिष्ट अतिथित्रय संस्थाका संस्थापक अध्यक्ष एवं सामाजिक अभियन्ता दिनेश साह, नेपाल वैश्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद गुप्ता, प्रशिक्षण चन्दा चौधरी समेतले शिपमुलक सिलाई कटाई तालिम कार्यक्रमले प्रशिक्षित महिलाहरुलाई आत्मबल तथा आत्मनिर्भर बनाउने कार्यमा मद्दत पु¥याउने छ भन्ने कुरा व्यक्त गरेको थियो । वक्ताहरुले संस्थाले स्थापना कालदेखि नै समाजमा जनचेतनामुलक, सीपमुलक र जनजागरण कार्यक्रमहरु समाजमा ल्याई नै रहेकोमा वक्ताहरुले प्रशंसा गरेको थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष रामकिशुन साहको सभापतित्वमा सम्पन्न भएको थियो ।