नेकपा एमाले र माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

Logo
Nav Nepal मंगलबार, चैत्र २७, २०८०

विराटनगर, चैत । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता सहित चारवटा छुट्टाछुट्टै पत्र आज अपरान्ह यहाँ संयुक्तरुपमा वुझाएका छन् ।
प्रदेश प्रमुख खापुङलाई नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा (माओवादी केन्द्र)का संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ जना सांसदको हस्ताक्षर सहित उक्त्त पत्रहरु बुझाउनु भएको हो ।
प्रदेश प्रमुख खापुङलाई उहाँहरुले नेकपा एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आव्हान गर्न,वैकल्पिक सरकार गठन र समर्थन फिर्ताको गरी चारबटा पत्र वुझाउनु भएको छ।
प्रदेश प्रमुख खापुङले पत्र वुझ्दै आवश्यक कानून सरसल्लाहवाट चाँडै संसदको विशेष अधिवेशन आव्हान गर्ने बताउनु भयो ।
सो अवसरमा नेकपा एमाले र माओवादी केन्द्रका पूर्वमन्त्रीहरु, सांसदहरुको उपस्थिति रहेको थियो । –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077