जनतालाई गुणस्तरीय स्वास्य सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीको दायित्व हो–मन्त्री सुनुवार

Logo
Nav Nepal बुधबार, चैत्र २८, २०८०

विराटनगर,२८ चैत । कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीहरुको दायित्व रहेको बताउनु भएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा एवं योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
मन्त्री सुनुवारले सीमित श्रोत सोधनको अधिकतम प्रयोग गरी जनताको स्वास्थ्य सुरक्षामा अहोरात खट्ने स्वास्यकर्मीहरुको कार्य प्रशंसनीय रहेको विचार राख्नु भयो ।
उहाँले सूचना प्रविधिको वर्तमान समयमा छिटो छरितो ढङ्गले जनतालाई सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदै आगामी बैशाख १५ गते प्रदेश स्वास्थ्य नीति ल्याउने र त्यसको आधारमा योजनाहरु तयार गरिने जानकारी दिनु भयो ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले रणनीतिक रुपमा योजना तर्जुमा गरी त्यसका लागि आवश्यक पर्ने ऐन कानून निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।
मन्त्रालयकी सचिव डा सुधा देवकोटा,मन्त्रालयका सल्लाहकार मिङ्गा शेर्पा, निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जनताले अनुभूति हुने ढंगले कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनु भयो ।
तीनदिनसम्म सञ्चालन हुने गोष्ठीमा जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय,औषधि व्यवस्था विभाग, शैजला आचार्य हृदय रोग केन्द्र लगायले अर्धवार्षिक समीक्षा र योजना तर्जुमा कार्यक्रम प्रस्तुत गर्ने छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077