मुख्यमन्त्री कार्कीले विशेष अधिवेशनको सामना गर्नु पर्छ–नेकां प्रदेश अध्यक्ष एवं पूर्व मुख्यमन्त्री थापा

Logo
Nav Nepal बिहिबार, चैत्र २९, २०८०
विराटनगर,२९ चैत । नेपाली कांग्रेसका कोशी प्रदेश अध्यक्ष एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विषेश अधिवेशनको सामाना गर्नुपर्ने बताउनु भएको छ।
नेकां प्रदेश कमिटीको आज सम्पन्न वैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मुख्यमन्त्री कार्कीले विश्वासको मत वा राजीनामा गर्ने अवस्थामा आएमा पार्टीका शीर्ष नेता, पार्टी र सांसदहरुसँग छलफल गरी निर्णय लिने जानकारी दिनु भयो ।
पूर्व मुख्यमन्त्री थापाले प्रदेश सरकारले आधिकारीक रुपमा विश्वासको मत दिनु पर्छ  कि पर्दैन भन्ने विषयमा पार्टी र दललाई जानकारी नदिएको गुनासो समेत व्यक्त्त गर्नु भयो ।
संवैधानिक व्यवस्थामा सरकार सञ्चालनका लागि संसदको वहुमत आवश्यक हुन्छ भन्दै अध्यक्ष थापाले अल्पमतले सरकार सञ्चालन गर्न सकिने प्रष्ट पार्नु भयो ।
पूर्व मुख्यमन्त्री थापाले सरकारले विश्वासको मत प्राप्त नगरेको अवस्थामा  विकल्पमध्ये मध्यावधि निर्वाचन होइन सरकारको निर्माणको मार्ग प्रस्तुत गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले भन्नुभयो – ‘मुख्यमन्त्री कार्कीबाट सरकार सञ्चालन हुँदैन भने ‘सरकारलाई डेडलक’ गरेर  राख्न हुदैन ’ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077