एभरेष्ट स्कुलले शुरु गर्यो ‘ह्यापीनेश करिकुलम’

Logo
Nav Nepal आइतबार, बैशाख ०२, २०८१

विराटनगर २ वैशाख । कोशी प्रदेशमा पहिलो पटक विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले ह्यापीनेश करिकुलम शुरु गरेको छ । चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम शुरु गरेको हो ।

पाठ्यक्रम पठन पाठन अघि स्कुलले शिक्षक शिक्षिकाहरुलाई २ दिने कार्यशाला शुरु गरेको छ । आज विहान कार्यशालाको उद्घाटन कार्यक्रममा प्राचार्य टीकाराम पुरीले कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलले ह्यापीनेश करिकुलम शुरु गरेको बताउनुभयो । उहाँले चालु शैक्षिक शत्रमा कक्षा १ देखि ५ सम्म शुरु गरिएको बताउनुभयो ।

प्राचार्य पुरीले ह्यापीनेश करिकुलम स्थानीय सरकारको प्राथमिकता भित्र पर्न आवस्यक रहेकाृेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘ विराटनगर महानगरले ह्यापीनेश करिकुलम बनाएर पालिकाका सवै विद्यालयमा लागू गरे राम्रो हुने थियो ।’ शिक्षाको विकासले मात्रै मुलकको विकास संभव रहेको नीति निर्माताले बुझ्न आवस्यक रहेको बताउनुभयो । विकसित राष्ट्रमा शिक्षकको बेग्लै महत्व भएपनि हाम्रो देशमा त्यस्तो हुन नसकेमा गुनासो गर्नुभयो ।

एभरेष्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष विनोद ढकालले शैक्षिक क्षेत्रमा एभरेष्टले नयाँपन दिन खोजेको बताउनुभयो । उहाँले ह्यापीनेश करिकुलमका विज्ञहरुलाई ल्याएर कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

दुई दिने कार्यशालाको सहजीकरण विज्ञहरु श्रवणकुमार शुक्ला र रामप्रसाद पाण्डेले गर्दै हुनुहुन्छ । शुक्ला भारतको नयाँ दिल्लीमा ह्यापीनेश करिकुलमको अवधारणा विकास गर्ने मध्येका एक हुनुहुन्छ । पाण्डे नेपालमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले नवलपुरमा रहेको आफ्नो विद्यालयबाट ह्यापीनेश करिकुलम शुरु गर्नु भएको थियो ।

कार्यशालामा एभरेष्ट स्कुलका १ सय ५० शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको भाईस प्रिन्सीपल नारायण कडरियाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077