धार्मिक जुलुस निकाल्ने क्रममा दुई समुदाय वीच विवाद – स्थिति नियन्त्रणमा

Logo
Nav Nepal बुधबार, बैशाख ०५, २०८१

विराटनगर, ५ वैशाख । विराटनगर महानगरपालिका वडा नं १५÷१७ मा आज धार्मिक जुलुस परिक्रमा गर्ने क्रममा दुई समुदायवीच बीच विवाद हुँदा रानीको मलाया सडक क्षेत्र केही बेर तनावग्रस्त भएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार विराटनगर–१५ स्थित रामजानकी मन्दिरबाट आज मध्यान्ह निकालिएको धार्मिक जुलुस नगर परिक्रमा गर्ने क्रममा वडा नं १५ र १७ वीचमा दुई समुदाय वीच विवादको क्रममा भएको ढुङ्गामुढा गर्ने कार्यलाई नियन्त्रणमा लिन सात राउण्ड हवाई फायर, २७ गोला अश्रुग्यास प्रहार र एक राउण्ड सट गन प्रहार गरेको छ ।
भीड नियन्त्रण गर्ने क्रममा ढुङ्गामुढावाट पाँच प्रहरी र एक जना सर्वसाधाण घाइते भएका छन् भने भीड भडकाउने तथा ढुङ्गामुढा कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर वस्नेतले जानकारी दिनु भयो ।
उक्त स्थानमा स्थिति नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्रको वाक्लो उपस्थित रहेका छ ।
अहिले उक्त स्थानको स्थिति नियन्त्रणमा प्रहरीले जनाएको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077