शिक्षाको सुधारका लागि नेविसंघद्वारा १७ वुंदे ज्ञापनपत्र

Logo
Nav Nepal बिहिबार, बैशाख ०६, २०८१

विराटनगर ,६ वैशाख । विराटनगर महानगरपालिकालाई नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा आधारभूत र विद्यालयस्तरको शैक्षिक सुधारका निम्ति आज यहाँ एक ज्ञापनपत्र वुझाएको छ ।
महानगरपालिका प्रमुख नागेश कोइरालालाई नेवि संघका केन्द्रीय प्रतिनिधि सुविन पराजुली लगायतको टोलीले आज १७ वुँदे ज्ञापन पत्र शिक्षा, विज्ञान तथा प्रवित्रि मन्त्रालय बोधार्थ राखि वुझाउनु भएको छ ।
उक्त ज्ञापनपत्रमा विद्यालयले विभिन्न नाममा लिदै आएको शुल्क बन्द गरि पूर्णः निःशुल्क गर्नुपर्ने,सामुदायिक र संस्थागत विद्यालयको पाठ्यपुस्तक एक रुपता कायम गर्नुपर्ने,छात्रवृत्ति वितरणमा एकरुपता कायम गरी अनुगमन गर्नु पर्ने उल्लेख गरिएको छ।
यस्तै प्रविधि मैत्री शैक्षिक साग्रीहरु उपलव्ध गराउनु पर्ने, संस्थागत विद्यालयमा एउटै विद्यार्थीलाई पटक पटक भर्ना शुल्क लिने कार्यको अन्त्य गर्नुपर्ने,२० प्रतिशत बजेट शिक्षामा विनियोजना गर्नुपर्ने,पोषणयुक्त खाजाको व्यवस्था गर्नुपर्ने, आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा अध्ययन गराउने स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई पुरस्कृत गर्ने लगायतका माग रहेका छन् ।
ज्ञापनपत्र वुझ्दै महानगरप्रमुख कोइरालाले महानगरले ज्ञापनपत्रमा उल्लेख गरिका कतिमय मांग पुरा गरिसकेको अन्य केही सुझाव आगामी लागु गर्दै जाने बताउनु भयो । –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077