निजी क्षेत्रसंगको सहकार्यमा कृषि, पर्यटन र उर्जा क्षेत्रको विकास आवश्यक

Logo
Nav Nepal बिहिबार, बैशाख १३, २०८१
विराटनगर,१३ वैशाख । कोशी प्रदेशको समृद्धिका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरी  कृषि ,उर्जा र पर्यटन क्षेत्रको विकास गर्नुपर्ने सुझाव दिएका छन् ।
उनीहरुले सरकारले लगानी मैत्री वातावरण तयारी गरी प्रदेशका कृषी उत्पादनलाई ब्राण्डिङ्ग गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
कारोवार दैनिकद्वारा आज यहाँ आयोजित  आर्थिक वहस अन्तर्गत कोशी प्रदेश योगदान, सम्भावना, अवसर र चूनौति विषयक अन्तरक्रियामा उहाँहरुले स्वेदशी उत्पादन नागरिकमा खपत वृद्धिका  लागि  विशेष नीति ल्याउनु पर्ने सुझाव दिएका छन् ।
प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले प्रदेशमा भौतिक पूर्वाधारमा भएको लगानी अनुसार आगामी सात वर्षमा मलेशिया स्तरको  प्रतिव्यक्ति आम्दानी हुने दावी गर्नु भयो ।
उहाँले उद्योगको विस्तार र प्रदेशको समृद्धिका लागि उर्जा आवश्यक भएकोले निजी क्षेत्रलाई खुल्ला हृदयले यसमा लगानी गर्न आग्रह गर्नु भयो ।
वुढीगंगा गाउँपालिका र कटहरी गाउँपालिकाका अध्यक्षहरु क्रमशः  जितनारायण थापामगर र देवराज चौधरीले यस क्षेत्रमा उद्योग स्थापनाका लागि जग्गा सहज रुपमा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले उर्जा, वन र जलस्रोतले मुलुमको समृद्धि कायम हुनाले निजी क्षेत्र क्षेत्रलाई सरकारीले सहजीकरण गर्ने विश्वास दिलाउनु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र आन्तिक राजश्व कार्यालय विराटनगरका प्रमुख डा डिवी क्षेत्रीलाई खुल्ला सीमाबाट हुने चोरी पैठारीमा कडाई गरेको बताउँदै कृषिलाई अनुदानमा आधारित वनाउन पर्ने सुझाव दिनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश प्रमुख राजेन्द्र राउतले सरकारले आयातलाई निरुत्साहित गर्न उद्योग स्थापनामा सहयोग र प्रोत्साहन दिनु पर्ने राय व्यक्त्त गर्नु भयो ।
कारोवार दैनिकका  सम्पादक  बालकृष्ण ज्ञवाली,सामाजिक अभियन्ता बसन्त अधिकमारी,नागरिक समाजका मणिकुमार अज्र्याल, सञ्चारकर्मी सन्तोष बास्तोला, डा भेषप्रसाद धमला,उपभोक्ता समितिका उत्तम ढुंगेल, नेपाल उद्योग परिसंघ प्रदेशका अध्यक्ष पवनकुमार शारडा,उद्यमी मकेश उपाध्याय र दैनिकका प्रदेश प्रमुख मीनकुमार श्रेष्ठले उपलव्ध स्रोत साधनको अधिकतम उपयोग गरी कृषि, पर्यटन, उर्जा, निर्यातमुलक उद्योग स्थापनामा निजी क्षेत्रलाई आकर्षण गराउनु पर्ने विचार राख्नु भएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले प्रदेशका आर्थिक परिसूचक अवधारणा प्रस्तुत गर्नु भएको थियो । –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077