मिल्स गोल्डकपको उपाधि एपीएफ सुनसरीले प्राप्त

Logo
Nav Nepal शनिबार, बैशाख १५, २०८१
विराटनगर ,१५ वैशाख । मिल्स गोल्डकप चौथो संस्करणको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो ।
जितको लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले एक ÷एक गोल गरे भने पेमा युवा क्लबको तर्फबाट मिलन राईले एक गोल फर्काएका थिए  ।
खेल शुरु भएको ११ औं मिनेटमा पेमा युवा क्लवका मिलन राईले गोल गरी सुरूवाती अग्रता कायम गरेका थिए भने  १३ औं मिनेटमा एपीएफका भरत कपालीले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफमा एपीएफका दिसन राईले ६० औं मिनेटमा गोल गरे भने ७४ मिनेटमा एपीएफका धनबहादुर श्रेष्ठले गोल गरि टिमको विजयी सुनिश्चत कायम गरेका थिए ।
  जितसँगै एपीएफले नगद रु दुई लाख ११ हजार एक सय तथा उपबिजेता पेमा क्लवले रु लाख ११ हजार एक सय ११  प्राप्त गरेको छन्।
प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई ,हाइस्कोर एपीएफकै हरी कार्की, बेस्ट गोलकिपर एपीएफका सुजन बिक र टुनामेन्ट अफ द इयर पेमा युवा क्लबलका कोमल खवास घोषित भएका छन् ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्का लगायतले प्रतियोगिताको बिजेता तथा उपविजेता  हुने टिम एवं खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
  वैशाख ७ देखि १५ गतेसम्म संचालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागि रहेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077