विराटनगर, १५ जेठ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा देश विदेशमा रहनुभएका नेपाली दिदीबहिनी एवं दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त्त गर्नु भएको छ ।
मुख्यमन्त्री कार्कीले १७ औँ गणतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताका प्रतिनिधिहरुमार्फत संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो भत्रुभएको छ ।
यो महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका विभित्र संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते तथा अपाङ्ग हुनुभएका र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल आमाका हजारौँ छोराछोरीको बलिदानीको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्दै संविधानको कार्यान्वयन गर्ने आजको हाम्रो प्रमुख कर्तव्य हो । त्यसबाट मात्र सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्न सकिन्छ । राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य त्यही हो विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आजको दिनमा थप सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ । संविधान अनुरुप राज्य संयन्त्रमा भएको परिवर्तन सबै जनताले अनुभूत गर्न सक्नेगरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुनेछ । गणतन्त्रसँगै स्थापित भएको सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्ने जनअपेक्षा अनुरुप शासन सञ्चालन गर्नु र प्रदेशको औचित्य स्थापित गर्नु आजको हाम्रो जिम्मेवारी हो भनिएको छ ।
मुख्यमन्त्री कार्कीले विज्ञप्तिमा यस अवसरमा संविधनको मर्मत र भावना अनुसार अघि बढ्न,राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्दै सम्पूर्ण नेपालीहरुमा गणतन्त्र दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त्त गर्नुभएको छ ।–––