वुढीगँगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड–सरस्वती माविलाई 

Logo
Nav Nepal बिहिबार, माघ २५, २०८०
मोरङ,२५ माघ ः मोरङको वुढीगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगितामा सरस्वती मावि वुढीगंगा –६ ले १५ स्वर्ण पदक सहित आज यहाँ आयोजित समापन समारोहमा रनिङ्ग शिल्ड प्राप्त गरेको छ।
गाउँपालिकाद्वारा माघ २१ गतेदेखि शुरु भएको पाँचौ अन्तरविद्यालय प्रतियोगितामा एवं दोश्रो प्रतिभा पहिचान कार्यक्रममा  वडा नं ७ स्थित लक्ष्मी मावि दोस्रो  र  वडा नं २ स्थित जेभियर्स बोडिङ्ग स्कूल तेस्रो भएको छन् ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले विजयी विद्यालयहरुलाई  प्रमाणपत्र वितरण गर्दै प्रतियोगिताबाट छात्रछात्राको क्षमता पहिचान हुनका साथै मुलुक र प्रदेशको नाम विश्वमा राख्न सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।
उहाँले प्रदेश सरकारसँग पालिका जोडिएकोले  मानवीय विकासका लागि  गरीव तथा विपन्न विद्यार्थीहरुलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्न विचार राख्नु भयो ।
वुढीगाँउ पालिकाका अध्यक्ष जीतनारायण थापा मगर  उपाध्यक्ष अमृत गच्छदार र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका अध्यक्ष राजेन्द्र राउतले राष्ट्रको पहिचान कायम गर्ने खेलकुदका लागि पालिकाकाले विशेष प्रोत्साहन दिने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।,
  पालिकाका सामुदायिक र संस्थागत गरि १६ विद्यालयका एक हजार विद्यार्थीहरुले एथलेटिक्स, कराँते, भलिवल र कवड्डी खेलमा भाग लिएका थिए ।(फोटो उपलव्ध छ)–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077