विराटनगर,१६ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष प्रदेश प्रमुखको कार्यालय विराटनगरमा बुधवार महालेखा परीक्षकको कार्यालय नेपालबाट आर्थिक वर्ष २०७९÷८० को छैठो वार्षिक प्रतिवेदन( कोशी प्रदेश) पेश गरिएको छ ।
प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधाको धारा २९४ को उपधारा(३) वमोजिम परीक्षक कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले छैठो बार्षिक प्रतिवेदन पेश गर्नु भएको हो ।
प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै आगामी दिनमा प्रदेश सभाले प्रतिवेदन माथि छलफल गर्ने भन्दै मुलुकको आर्थिक स्थिति सुदृढ गर्न हामीसबै मिलि कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले मुलुकमा जति धेरै वेरुजी घटाउन सकिन्छ त्यति नै धेरै आर्थिक समृद्धि कायम हुने विचार राख्नु भयो ।
कार्यालका नायव महानिरीक्षक राईले प्रदेश मन्त्रालय तथा निकाय गरी १८० बटा कार्यालयहरुको रु ४७ अर्व ९३ करोड एक लाख १५ हजार र १८ समिति र अन्य संस्थाको रु चार अर्व ८५ करोड ७० लाख १९ हजार गरी जम्मा रु ५२ अर्व ७८ करोड ७१ लाख ३४ हजारको लेखा परीक्षण सम्पन्न गरिएको जानकारी दिनु भयो ।
प्रतिवेदनमा सार्वजनिक गरिएको तथ्याङ् अनुसार प्रदेशको सरकारी कार्यालय, समिति तथा अन्य संस्थाको यो वर्ष २०७९÷८० मा फस्र्याैट गर्नुपर्ने वेरुजु रु एक अर्व ३१ करोड ७६ लाख १० हजार रहेको छ ।
समग्र रुपमा प्रदेश अन्तर्गतका कार्यालयको कुल वेरुजु दुई दशमलव ५६ प्रतिशत रहेको तथ्याङकमा जनाइएको छ।
प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरु मध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयमा ६१ दशमलव ३० प्रतिशत वेरुजु रहेको छ भने सवैभन्दा कम मुख्य न्यायाधिवक्ताको कार्यालयको जिरो दशमलव जिरो एक प्रतिशत रहेको छ ।
महालखा परीक्षकले गत वर्षसम्म प्रदेशका पाँच वटा प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको भएता पनि प्रदेश सभाको सार्वजनिक लेखा समितिमा दफावार छलफल नभएको देखिको यथासक्य छिटो छलफल गराई टुङ्ग्याउनु प्रतिवेदनमा उल्लेख गरिएको छ।–––