कोशी प्रदेश मन्त्रिपरिषद बैठक– महालेखा परीक्षकको प्रतिवेदन प्रदेश सभामा पेश गर्न स्विकृत

Logo
Nav Nepal आइतबार, जेठ २०, २०८१

विराटनगर,२० जेठ । कोशी प्रदेश सरकारको आज वसेको मन्त्रिपरिषदको वैठकले महालेखा परीक्षकको छैठो वार्षिक प्रतिवेदन–२०८१ प्रदेश सभामा पेश गर्न स्विकृत प्रदान गरिएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा वसेको वैठकले युवा तथा तथा खेलकूदतर्फको प्रस्तावमा आधारित खेल पूर्वाधार निर्माण तथा स्तारोन्नति कार्यक्रमको सञ्चानका लागि शहरी विकास तथा भवन कार्यालयलाई बजेट पठाउने भएकोमा उक्त कार्य व्यवहोरालाई संशोधन गरी स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरी योजनाको कार्यान्वयन गर्ने व्यवस्था गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिनु भयो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८१ को बार्षिक नीति तथा कार्यक्रम स्विकृत गरिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश सभाको चालु अधिवेशनमा यही जेठ २१ गते सोमबार दिउँसो ४ बजे बार्षिक नीति तथा कार्यक्रम सम्बोधन गर्न अनुरोध गर्नुका साथै सो सम्बन्धी आवश्यक व्यवस्था गर्न प्रदेश सभालाई अनुरोध गरिएको मन्त्री अधिकारीले बताउनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077