प्रहरीले उच्च मनोवलका साथका जनताको सुरक्षामा कार्य गर्न निर्देशन– मुख्यमन्त्री कार्की

Logo
Nav Nepal सोमबार, जेठ २१, २०८१

विराटनगर,२१ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरीले उच्च मनोवलका साथ जनताको सुरक्षामा कार्य गर्न निर्देशन दिनु भएको छ।
प्रदेश प्रहरी कार्यालयको आज निरीक्षणको क्रममा उहाँले प्रदेश सरकारले नागरिकको सुरक्षाप्रति जिम्मेवारी वहन गर्न नेपाल प्रहरीलाई आधुनिक बनाउन आवश्यक तालिम र स्रोतसाधनले पूर्ण बनाउने विचार राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले प्रहरीका लागि आवश्यक पर्ने उपकरण, सवारीसाधन, भवन निर्माणको कार्यलाई निरन्तरता दिने बताउनु भयो ।
उहाँले विश्वमा नेपाल सुरक्षित भएको सन्देश प्रवाहको मुख्य श्रेय नेपाल प्रहरीलाई जाने बताउँदै जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन जिम्मेवारीका साथ लाग्नु पर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले सरकारले तीनै तहको समन्वयमा प्रहरीलाई आम नागरिकसम्म स्थापित गर्दै जाने नीति रहेको स्पष्ट पार्नु भयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सीमित स्रोतसाधनको उपलव्धताबाट प्रहरीले नागरिकलाई शान्ति सुरक्षा उपलव्ध गराउन सफल भएको बताउनु भयो ।
प्रमुख सचिव केदारनाथ शर्मा र प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले नागरिकको शान्ति सुरक्षानै मुख्य कार्य भएको विचार राख्नु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077