मुख्यमन्त्री कार्की शुभकामना सन्देश

Logo
Nav Nepal बुधबार, जेठ २३, २०८१
विराटनगर, २३ जेठ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व वातावरण दिवसको अवसरमा स्वदेश एवं विदेशमा रहनु भएका आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त्त गर्नुभएको छ ।
‘हाम्रो भूमि हाम्रो भविष्य’ प्रमुख नारा रहेको विश्व वातावरण दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले आज एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेश सरकारले पनि वातावरण संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण काम गर्ने उद्देश्य राखेको छ । भर्खरै सम्पत्र सगरमाथा दिवसमा पनि कोशी प्रदेश सरकारले महत्वपूर्ण व्यक्त्तिहरुलाई सम्मान गरेको स्मरण गर्न चाहन्छु । आगामी दिनमा पनि हामी संवेदनशील भएर लाग्ने योजनाका साथ आगाडि बढी रहने छौँ । बढ्दो मानवीइ अतिक्रमण, जनसङ्ख्या चाप र विकास निर्माणले जैविक विविधता र प्रकृतिको विनाश हुनुका साथै परिस्थितिक प्रणालीमा नै असर पारेको छ । यी सबै कुरालाई मध्यनजर गरेर आगाडि बढ्नु पर्छ विज्ञप्तिमा उल्लेख छ ।
वातावरणजन्य प्रणाली तथा प्रकोपहरुको विषयमा प्रदेश सरकार सचेत रहेको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षणका कामहरुलाई प्रभावकारी रुपमा आगाडि बढाएको छ । प्रदेश सरकाले वन ऐन, वातावरण संरक्षण ऐन तथा नियमावलीहरु निर्माण गरी कार्यान्वयन गरिसकेको छ । वतावरण संरक्षणका अन्य विविध कार्यक्रमहरु गर्दै आएको छ  र आगामी आथिक वर्षमा वातावरण संरक्षण कार्यक्रम, अनुसन्धान, जलवायु अनुकुलनमा आधारित विकास जस्ता योजना तथा कार्यक्रमहरु सञ्चालन हुने मुख्यमन्त्र िकार्कीले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।
वातवरण सबैको चासोको विषय हो, मानवको स्वस्थकर जीवनको लागि स्वास्थ्य वातावरण आवश्यक पर्दछ । वातावरणलाई तन्दुरुस्त राख्नको लागि विश्व समुदाय एक जुट भएको छ र अधिक मानिसहरु सहभागी भएर मनाउने गरिएको दिवसमध्ये विश्व वातावरण दिवस पनि एक हो । नेपालको संविधानले स्वच्छ वातावरणमा जिउन पाउने मौलिक हक सुनिश्चित गरेको छ र यसले वातावरणलाई प्रदुषणरहित राख्नका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने पक्षलाई पनि व्याख्या गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो दिवसले विविध वातावरणीय मुद्दाहरुलाई नाराको रुपमा जनमानसमा ल्याउने गरेको छ । यस सिलसिलामा यसवर्ष भूमिको पुनः स्थापना, मरुभूमिकरणको न्यूनीकरण र खडेरीसँगको सामनाका सवालहरुलाई जोडेर ‘ हाम्रो भूमि हाम्रो भविष्य’ भत्रे नारा तय गरिएको छ । यो नाराले संयुक्त्त राष्ट्र संघले निर्दिष्ट गरेको दिगो विकास लक्ष्य सूचीको १५ औँ लक्ष्यलाई उपलब्धि उन्मुख पारेको छ । साथै संयुक्त्त राष्ट्रसंघको इकोसिस्टम पुनः स्थापनाको दशकलाई  सहयोग पु¥याउने विश्वास मुख्यमन्त्रीले व्यक्त्त गर्नुभएको छ ।
प्रत्येक मानिसले वातावरणीय समस्याप्रति चासो लिनु पर्ने हुन्छ र यसबाट हुने धनजनको क्षति कम गर्दै स्वच्छ वातावरणमा जीवन जीउनका लागि लागिपर्नुपर्ने हुन्छ । एक व्यक्त्रिले वातावरण संरक्षणमा गरेको सानो कार्यले विश्व समुदायमा ठूलो योगदान पुगेको हुन्छ । तसर्थ, आजैका दिनबाट हाम्रो हावा, पानी, माटो, जैविक विविधताजस्ता वातावरणाका आधारभूत अवयवको स्वच्छता र संरक्षणमा जुट्न प्रदेशवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइ सबैमा मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077