लोकतन्त्र र पत्रकारिता एउटै सिकोको दुई पाटो ः मन्त्री भण्डारी

Logo
Nav Nepal बुधबार, बैशाख २४, २०८२

 

विराटनगर, २४ वैशाख ः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिकाको दुइ पाटो भएको बताउनु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रमलाई उद्धाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री भण्डारीले अहिले सरकार बजेट, नीति तथा कार्यक्रम सम्मुखमा रहेको अवस्थामा आम सञ्चारकर्मीहरुको सुझावको अपेक्षा राख्दै लोकतन्त्र माथि चुनौती दिने र यसको गरिमालाई कमजोर बनाई जनतामा भ्रम सिर्जना गर्नेसँग सावधान रहन आग्रह गर्नुभयो ।
अहिलेको व्यवस्थामा भएका कमी कमजोरीलाई सच्याउन सकिने तर लोकतन्त्रको विकल्प खोज्न नहुने भन्दै मन्त्री भण्डारीले भत्रुभयो, ‘ पत्रकारिता क्षेत्रलाई बलियो एवं सुदृढ गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’
मन्त्रालयका सचिव रामप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशिला पाठकले पनि बोल्नु भएको थियो ।
विश्वसनीय सूचनाको अधिकार ः जवाफदेहीता पत्रकारिता र सुरक्षित पत्रकार प्रमुख नारा रहेको पत्रकारिता दिवसको सो कार्यक्रममा स्वतन्त्र पत्रकार यज्ञ शर्माले पत्रकारिताको समस्या र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077