कोशी प्रदेश मन्त्रिपरिषद–प्रदेश सभाको वर्खे अधिवेशन आगामी जेठ ४ गतेका लागि आव्हान

Logo
Nav Nepal बुधबार, बैशाख २४, २०८२

विराटनगर, २४ वैशाख ः कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्नका लागि आव्हानका लागि सिफारिश गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्षका प्रदेश सभा बैठकको आव्हानका लागि सिफारिस पठाउने निर्णय गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनु भयो।
यस्तै बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ ।
अन्य निर्णयमा कोशी गाउँपालिका, गाउँपालिकाको कार्यालय सुनसरी जिल्ला केन्द्रको हेरफेर गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ।
यसैगरी कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका –२०८२ स्विकृत गर्ने निर्णय गरेको छ।
साथै बैठकमा मुख्यमन्त्री कार्कीले वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई हार्दिक धन्यवाद दिने प्रस्ताव गर्नु भयो , साथै सम्मेलनमा सम्झौता भएका परियोजनालाई प्रभावकारी ढङ्गले आगाडि वढाउन सबै मन्त्रीहरु, मन्त्रालय र कर्मचारी प्रशसनलाई समेत आवश्यक निर्देशन दिनु भएको छ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077