मोरङ जिल्लाबाट १८ जना विद्यार्थीले ४.० जिपीए ल्याए

Logo
Nav Nepal शनिबार, आषाढ १४, २०८२

 

विराटनगर, १४ असार ः विस २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङ जिल्लाबाट १८ जना विद्यार्थीले ४.० जिपीए ल्याएका छन् ।
एसईईको शुक्रबार प्रकाशित नतिजा अनुसार विराटनगरको बाल कल्याण विद्या मन्दिरका छ, आदर्श माविका चार, विराटनगरको एभरेष्ट र पथरीशनिश्चरेको बाल्मीकी बोर्डिङ स्कुलबाट दुई÷दुई, विराटनगरको पोखरिया, सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुल र कान्तिपुर सेकेन्डरी स्कुलका एक÷एक जनाले ४.० जिपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ ।
गत वर्षको एसईईमा मोरङ जिल्लाका आठ जना विद्यार्थीहरुले ४.० जिपीए ल्याएका थिए । परीक्षामा मोरङबाट ७३ दशमलव ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
जिल्लामा एसईईमा ४.० जिपीए ल्याउने १८, तीन दशमलव ६१ देखि तीन दशमलव ९६ ल्याउने दई हजार २४८, तीन दशमलव २१ देखि तीन दशमलव ६० ल्याउने चार हजार १२१, दुई दशमलव ८१ देखि तीन दशमलव २० ल्याउने तीन हजार ४०२, दुई दलशमलव ४१ देखि दुई दशमलव ८० ल्याउने एक हजार ८६९, दुई दशमलव ०४ देखि दुई दशमलव ४० ल्याउने २३१ जना र एक दशमलव ९५ देखि एक दशमलव ९९ ल्याउने दुई जना रहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ ।
एसईई परिक्षाको नतिजामा विराटनगर–११ स्थित बाल कल्याण बिद्या मन्दिर( विकेभिएम) जिल्लाभर उत्कृष्ट भएको छ । विकेभीएमका छ जना विद्यार्थीले ४.० जिपिए ल्याउन सफल भएका हुन् ।
जिल्लाभरका विद्यालयहरुको नतिजामा सबैभन्दा बढि रहेको इकाइले जनाएको छ ।
विकेभीएमबाट २७१ जना विद्यार्थीले परिक्षा दिएकोमा २१४ जना विद्यार्थीले तीन दशमलव ६१ देखि ४ जिपिए, ५३ जना विद्यार्थीले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए ल्याएकाछन् । विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आज सम्मान गरेको छ ।
विद्यालयका प्राचार्य रविनकुमार दाहालले विद्यार्थीको लगन र मेहनतले उत्कृष्ट नतिजा आएको बताउनुभयो । उहाँले विद्यार्थीलाई असल र ब्यवहारिक शिक्षा दिनु विद्यालय निरन्तर रुपमा लागि रहेको विचार राख्नुभयो ।
इकाईका अनुशार परीक्षामा मोरङबाट १७२ सामुदायिक विद्यालय, २२४ संस्थागत र १५ वटा प्राविधिक धारबाट सञ्चालित गरि ३९६ विद्यालयका १८ हजार १०० परीक्षार्थी सहभागी भएका थिए ।–––

 

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077