

विराटनगर,३ असोज ःनेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले संविधान दिवस –२०८२ को अवसरमा आज दीपप्रज्वलन कार्यक्रम गरेको छ ।
महासंघ कोशी प्रदेशको प्राङ्गणमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश महासंघका पदाधिकारीहरु, मोरङ महासंघका पदाधिकारी तथा सदस्यहरु, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्चका प्रदेश तथा जिल्ला संगठनका प्रमुख तथा प्रतिनिधिहरु ल्गायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।
संविधानको रक्षा गरौं, सुशासन कायम गरौं लगायतका प्ले कार्ड सहित पत्रकारहरु दीप प्रज्वलन कार्यक्रममा सहभागि भएका थिए ।
नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले जेनजीको आन्दोलनपछि संविधानको महत्व झन बढेर गएको बताउनुभयो ।
महासंघकी महासचिव हिमा चेम्जोङ्गले संविधानको रक्षा गर्नु हामी सवैको कर्तव्य भएको विचार राख्नु भयो ।–––