संविधान संशोधनतर्फ जेनजीको आन्दोलन ः डा कोइराला

Logo
Nav Nepal शनिबार, आश्विन ०४, २०८२

 

विराटनगर, ४ असोज ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जेनजीको आन्दोलन संविधान संशोधनतर्फ रहेको बताउनुभएको छ ।
विराटनगर स्थित कोइरालाल निवासमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले जेनजी आन्दोलनबाट भएको क्षतिको छानबिन हुनु पर्ने भन्दै भदौ २३ र २४ गते भएको घटनाको अलग–अलग छानबिन हुनु पर्ने कुरामा जोड दिनुभयो ।
नेता डा कोइरालाले संविधानमा कम क्षति हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तत्कालीन समयमा चालिएको कदम ठिक छ भन्दै अहिले संविधानमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री छात्रुपर्ने प्रावधन नरहेको बताउनुभयो ।
उहाँले लोकतन्त्र र प्रजातन्त्रको धरोहर विराटनगर स्थितका कोइराला निवास जल्नु सामान्य कुरा नभएको भन्दै राणा काल देखि नै प्रजातन्त्र र लोकतन्त्रको लडाइ लड्दै आएको संस्था जल्नु दुःखद हो भत्रुभयो ।
उहाँले भौतिक संरचना जलेपनि नेपाली कांग्रेसको इतिहास भने नजलेको जिकिर गर्दै सयमता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले एक प्रश्नको जवाफमा प्रदेश सभा भंग गर्ने प्रावधान संविधानमा नरहेको जिकिर गर्दै अहिले सरकारको लक्ष्य निर्वाचन गर्नु हो भत्रुभयो ।
नेता डा कोइरालाले नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरण हुने विषयमा कुनै छलफल नभएको भन्दै सरकारले सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर भएको भए यसकिसिमको क्षति हुँदैन्थ्यो भत्रुभयो।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077