जिल्ला प्रशासन कार्यालय मोरङले भोलि देखि आंशिक सेवा शुरु गर्ने

Logo
Nav Nepal मंगलबार, आश्विन ०७, २०८२

 

विराटनगर, ७ असोज ः जिल्ला प्रशासन कार्यालय मोरङले भोलिदेखि आंशिक सेवा शुरु गर्ने जनाएको छ।
जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएको कार्यालय भोलि देखि आंशिक सेवा शुरु गर्ने भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ ।
मोरङ प्रशासनले बुधवार देखि नावालकि परिचय पत्र, जातीय सिफारिस, ठाडो उजुरी तथा पेन्सन सिफारिस सम्बन्धी सेवा सञ्चालन सुचारु गर्ने सूचना मार्फत जानकारी दिएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा कार्यालयमा भएको तोडफोड र आगजनीले गर्दा सवारी साधन, कम्प्युटर सेट, प्रिन्टर, स्क्यानर, ल्यापटप, कुर्सी, फर्निचर लगायतका सामानहरु चोरी, लुटपाट तथा आगजनी भएकोले हाल अत्यावश्यक सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिनुभयो
कार्यालयले जारी गरेको सूचना अनुशार नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अर्काे सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077