वैदिक कर्मकाण्ड परिषद्को वार्षिक साधारणसभा र अधिवेशन सम्पन्न

Logo
Nav Nepal मंगलबार, आश्विन ०७, २०८२

विराटनगर,४ असोज । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण गर्ने उद्देश्यका साथ स्थापित वैदिक कर्मकाण्ड परिषद् नेपालको आठौं वार्षिक साधारणसभा एवं अधिवेशन विराटनगरमा सुरु भएको छ ।
परिषद्का अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा देशका विभिन्न स्थानमा रहेका धार्मिक गुरु,पिठाधिस तथा साधुसन्तहरुको सहभागिता रहेको छ ।
जगजगुरु बालसन्त महाराजले विद्वानहरुले समाजलाई गतिदिने हुदा फुटेर हैन जुटेर सनतान धर्म,संस्कृति ,सभ्यताको संरक्षणमा लाग्न आग्रह गर्नु भएको छ।
परिषद्का प्रमुख सल्लाहकार रामानुज स्वामीले विराटनगरमा डिजिटल धार्मिक संग्रालय चाँढै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको जानकारी दिनु भयो ।
विराटनगर स्थित पाञ्चाली मन्दिरका पिठाधिस अच्युत स्वामीले धर्मका नाममा केही मानिसहरुले पूर्ण अध्ययन नगरी दिएका बक्तव्यहरुले समस्या सिर्जना गरेको बताउनु भयो ।
उहाँले कर्मकाण्डमा सहभागी गुरुहरुले शास्त्र अध्ययन गरी बुझाउन पनि आग्रह गर्नुभयो ।
नयाँ बृन्दाबनका दिनबन्धु शास्त्रीले घाटहरुमा लास लानु अगावै चिता बनाएर राखिनु गलत भएको बताउनु भयो ।
यस्तै परिषद्को वार्षिक साधारणसभा एवं अधिवेशन आज सम्पन्न नयाँ कार्य समिति चयन हुने सचिव कौशल ढुङ्गेलले जानकारी दिनुभयो ।
कार्यक्रममा गुरुहरु भवानी निरौला,यौगेश भण्डारी बराह ,गोपालशरण व्रह्मचारी,धार्मिक अभियन्ता जनक काफ्ले,धार्मिक अभियन्ता तथा पत्रकार कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077