एभरेष्टले मन्टेश्वरी तहदेखि नै संस्कृति सिकाउँदै

Logo
Nav Nepal बिहिबार, आश्विन ०९, २०८२

विराटनगर। बाल्यअवस्थादेखि नै आफ्नो संस्कति सिकाउनुपर्छ भन्ने मान्यताका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले मन्टेश्वरी तहमा चाडपर्व लक्षित कार्यक्रम गरेको छ । आज (बिहिबार) एभरेष्ट मन्टेश्वरी ब्लकमा आयोजित कार्यक्रममा बालबालिकाले नेपालीहरुका महान चाडहरु दशैं, तिहार, म्ह पूजा, छठ, नेपाल सम्बत लगायतका पर्वहरुमा हुने धार्मीक संस्कृतिको विषयमा ब्यबहारिक रुपमा अभ्यास गराईएको छ । दशैंको नवरात्रीमा पूजा गरिने नव दुर्गाको स्वरुपमा बालबालिकालाई तयार पारेर पहिलो देखि नवौं दिन सम्म पूजा गरिने दुर्गामाताका स्वरुपमा बालिकाहरुलाई तयार गरिएको थियो । यस्तै असत्यमाथि सत्यको विजय कसरी प्राप्त भयो भन्ने सन्देश प्रवाह गर्न सप्तसति चण्डीको कथा अनुसारको नृत्य प्रस्तुत गर्दै बालबालिकाले दैत्यहरुको नाश कसरी भयो भन्ने सन्देश प्रवाह गरेका थिए । यस्तै टिका जमरा लगाईदिँदै ठूलाबाट कसरी आशिर्वाद लिने भन्ने सन्देश प्रवाह गर्न स्कुललका प्रिन्सिपल टिकाराम पुरीले नव दुर्गाको पूजा गर्दै बालबालिकालाई टिका र जमरा लगाई आशिर्वाद दिनुभएको थियो । कार्यक्रममा दशैं लगत्रै आउने तिहारमा हुने सम्पूर्ण संस्कृति झल्काउने ेगर विष्णु लक्ष्मीको प्रतिकको रुपामा बालबालिकालाई तयार पार्ने मात्र नभई हरेक दिन पूजा कसरी गरिन्छ भन्ने अभ्यास गराइएको थियो । यस्तै दशैंमा खेलिने पिङ, उडाइने चङ्गादेखि तिहारमा खेलिने धेउसी भैलो सम्मको अभ्याास कार्यक्रममा गरयो । यसैगरि विशषेगरि तराइ (अहिले देशब्यापी) मा मनाइने छठ पर्वको महत्व झलकाउने गरिका कृयाकलाप बालबालिका आफैंले गरेका थिए । यो कार्यक्रम गर्न निकै मेहनत गर्नुपरेको एभरेष्ट मन्टेश्वरी ईन्चार्ज मेलिना ओलीले बताउनृुभयो । शास्त्रमा भनेजस्तै पात्रका रुपमा बालबालिकालाई उतार्न निकै मेहनत गर्नुपरेको उहाँको भनाई थियो । यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बालबाबालिकालाई बाल्यअवस्था देखि नै आफ्नो धर्म संस्कृतिको विषयमा जानकारी गराउन उनीहरुकै प्रत्यक्ष सहभागितामा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पछिल्लो समय अभिभावकहरुले समेत बालबालिकालाई आफ्नो धर्म संस्कृति सिकाउन समय निकालन कठिन भइरहेको महशुष गरेर यस्तो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077