कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने

Logo
Nav Nepal आइतबार, मंसिर ०१, २०८२

 

विराटनगर,३० कात्तिक ः कोशी प्रदेश सरकारले ३६ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आगामी मंसिर ४ गते मनाउने भएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सिविन नेपालको व्यवस्थापनमा कार्यक्रम गरिने भएको हो ।
बाल अधिकार दिवसको अवसरमा बक्तृत्वकला र निवन्ध प्रतियोगितामा सर्बोत्कृष्ट हुने बालबालिकालाई नगद सहित सम्मान गरिने भएको छ ।
बाल दिवस संयोजन तथा व्यवस्थापन समितिको आज बसेको बैठकमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने कार्यक्रमको तयारीबारे छलफल भएको छ ।
व्यवस्थापन समिति संयोजक तथा मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालले निवन्ध प्रतियोगिताका लागि मन्त्रालयमा आएका निवन्धहरु मध्येबाट उत्कृष्ट तीन वटा छनौट गर्ने काम भईरहेको जानकारी दिनु भयो ।
यसैगरी बक्तृत्वकला प्रतियोगितामा बाल गृहहरुमा रहेका बालबालिकावीच प्रतिष्पर्धा हुने भएको छ ।
सोही कार्यक्रममा कोशी प्रदेशका बालबालिकाको अवस्था सम्वधि स्थिति पत्र सार्वजनिक गरिने भएको छ ।
यसअघि २०७७ सालमा प्रदेशको बालबालिका सम्वन्धि स्थिति पत्र सार्वजनिक गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077