प्रदेश प्रमुख खापुङ समक्ष –मधेशी आयोग वार्षिक प्रतिवेदन पेश

Logo
Nav Nepal शुक्रबार, मंसिर ०६, २०८२

 

विराटनगर, ५ मङ्सिर ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष आज मधेशी आयोगले आफ्नो सातौँ वार्षिक प्रतिवेदन पेश गरेको छ।
प्रदेश प्रमुख खापुङ्गलाई आयोगकी सदस्य रेणुदेवी साहले प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपधारा(३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन बुझाउनु भयो ।
प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै मधेशी जनताको हकहित , संरक्षण,प्रवद्र्धन र सुरक्षा एवं सो समुदायमा देखिएको समस्या समाधान गर्न आयोगले प्रभावकारी भूमिका निर्वाह गरेको बताउनु भयो ।


उहाँले आयोगले सरकारी सेवामा मधेशीहरुको प्रतिनिधित्व वृद्धि गर्न आवश्यक प्रशिक्षण कार्यक्रम गरेकोमा खुशी व्यक्त्त गर्नुभयो ।
प्रमुख खापुङ्गले हिमाल,तराई, पहाडमा वसोवास गर्ने नेपाली जनताबीच एकता कायम गरी राष्ट्रियता सम्वद्र्धन गरी राष्ट्रिय एकता वलियो बनाउन आयोगले गरेको कार्यप्रति प्रशंसा व्यक्त्त गर्नुभयो।

आयोगकी सदस्य साहले आयोगमा उक्त वर्ष ३७ वटा उजरी प्राप्त भएको सो उजुरी उपर सम्वन्धित निकायमा उजरीकर्तावीच छलफल गरी पीडितलाई सहजताप्रदान गरेको जानकारी गराउनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077