अरनिको कलेज ः एमविविएस पूर्ण छात्रबृत्ति र इन्जिनियरिङ्ग प्रथमलाई विद्यार्थीहरुलाई सम्मान

Logo
Nav Nepal शनिबार, मंसिर ०७, २०८२

विराटनगर,६ मङ्सिर ः अरनिको कलेज विराटनगर–१० ले इन्जिनियरिङमा विश्वविद्यालय टप सहित एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका विद्यार्थीहरुलाई आज यहाँ एक समारोहबीच सम्मान गरेको छ ।

इन्जिनियरिङमा विश्वविद्यालय टप गर्ने दुई, एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका ११ र आन्तरिक परीक्षामा सर्बोेत्कृष्ट अङ्क ल्याउने सात सहित २० जना विद्यार्थीलाई नगद सहित सम्मानित गरेको हो ।

इन्जिनियरिङको प्रवेश परिक्षामा पूर्वाञ्चल विश्वविद्यालय टप गर्ने अनुक्रम काफ्ले र काठमाण्डौं विश्वविद्यालय टप गर्ने नितेशकुमार श्रेष्ठलाई कलेजले नगद सहित सम्मानित गरेको छ ।

यस्तै एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रबृत्ति पाएका ११ जना विद्यार्थीलाई कलेजले नगद सहित सम्मानित गरेको छ ।
यसरी पूर्ण छात्रबृत्ति पाउनेहरु विद्यार्थीहरुमा ओपेन्द्रकुमार यादव, शुभम अगरिया, दिक्षित भट्टराई, रोहित राम, लोकेश रौनियार, शुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, रिसभ सोनी र निराजन यादव रहेका छन् ।
यस्तै विडिएस तर्फ निश्चल न्यौपानेले पूर्ण छात्रबृत्ति पाएका छन् ।

विद्यार्थी सम्मानका अवसरमा कलेजले कक्षा ११ र १२ को त्रैमासिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद सहित सम्मानित गरेको छ ।
कक्षा ११ मा नितिशकुमार गुप्ता र श्रेयन खड्का प्रथम, विवेक गुप्ता दोश्रो र प्रिन्सप्रशान्त साह तेश्रो भएका थिए ।

यस्तै कक्षा १२ मा मञ्जिल ओझा प्रथम, प्राञ्जल नेपाल दोश्रो र सुजन राजवंशी तेश्रो भएका थिए ।
त्रैमासिक परीक्षामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश रु पाँच हजार, रु तीन हजार र रु दुई हजार प्रदान गरिएको थियो ।


सो अवसरमा कलेजका प्राचार्य राजेश कार्कीले कोशी प्रदेशमा पूर्ण छात्रबृत्तिमा अरनिको कलेजले धेरै विद्यार्थीहरु पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएको बताउनुभयो ।
उहाँले आरक्षण तर्फको नतिजा प्रकाशन भएपछि पूर्ण छात्रबृत्ति पाउनेको सङ्ख्या २० जना पुग्ने विश्वास व्यक्त्त गर्नुभयो ।
कलेजका कोअर्डिनेटर विकास खनालले धेरै संख्यामा पूर्ण छात्रबृत्तिमा विद्यार्थीहरुले नाम निकाल्नेमा अरनिको कलेज कोशीमा प्रथम तथा नेपालकै ‘टप फोर’ भित्र रहेको जानकारी दिनु भयो ।
अरनिकोका विद्यार्थीले इन्जिनियरिङ र मेडिकल शिक्षामा उत्कृष्ट नतिजा दिदै आएको बताउनुभयो ।
व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, सञ्चालकहरु भरतराज दाहाल, डा भविन्द्र निरौला, शैलेशकुमार झा,निलम अधिकारी लगायतले अरनिको कलेज अध्यापनमा नेपालको उत्कृष्ट रहेको विचार राख्नुभयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077