विराटनगर, १६ मङ्सिर ः निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आगामी मंसिर १९ देखि २१ गतेसम्म १५ औं प्याब्सन स्पोटर््स मिट शुरु हुने भएको छ ।
प्याब्सन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा तीन दिन सञ्चालन हुने जिल्ला स्तरिय स्पोटर््स मिटमा मोरङमा रहेको २३५ विद्यालयका तीन हजार विद्यार्थी खेलाडीहरु सहभागी जानकारी गराइएको छ। तीन दिन सम्म सञ्चालन हुने विभिन्न इभेन्टहरु हुने जानकारी दिइयो ।
स्पोटर््स मिट अन्तरगत फुटवल र क्रिकेटका खेलहरु भने मङ्सिर १४ देखिनै शुरु भएको प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर वस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुशार प्रतियोगिताहरु शहिद रंगशाला विराटनगर, जुटमिल खेल मैदान रानी र एभरेष्ट स्कुल विराटनगरमा खेलाईने छ ।
स्पोटर््स मिट अन्र्तगत कक्षा ११ र १२ को टिम इभेन्टको छात्र तर्फ भलिवल, फुटवल, टेवल टेनिस, बास्केटबल, क्रिकेट र म्याराथन खेलहरु हुनेछन् । यस्तै छात्रा तर्फ भलिवल, टेवलटेनिस, बास्केटबल र म्याराथन हुनेछ ।
कक्षा १० सम्मको ट्रयाक इभेन्टतर्फ छात्र, छात्रा एक सय, दुई सय, चार सय, आठ सय, १५ सय मिटर दौड तथा एक सय र चार सय मिटरको रिले दौड खेलहरु हुनेछन् ।
कक्षा १० सम्मको फिल्ड इभेन्टको छात्र, छात्रा तर्फ लङजम्प, हाईजम्प, त्रिपल जम्प, सर्टपुट, जेवलिन थ्रो, ग्रुप इभेन्टको छात्र तर्फ भलिवल, टेवल टेनिस र बाँस्केटवल, छात्रा तर्फ भलिवल र टेवलटेनिस खेलहरु हुने पत्रकार सम्मेलनमा अध्यक्ष वस्नेतले जानकारी दिनुभयो ।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले स्पोर्टस् मिटको उद्घाटन मङ्सिर १९ गते शुक्रबार सहिद रंगशाला विराटनगरमा गर्नुहुने बताईएको छ ।–––