राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –एक हजार ५२५ विद्यार्थी सहभागी हुने

Logo
Nav Nepal मंगलबार, पुष ०८, २०८२

विराटनगर, ८ पुस ः विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट अनुशासन, शारिरीक एवं मानसिक विकासका लागि महानगरीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता विराटनगरमा आयोजना हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्न मूल नाराका साथ विराटनगर महानगरपालिको आयोजना एवं एभरेष्ट माध्यमिक विद्यालय –६ को संयोजनमा यही पुस ९ गतेदेखि ११ गतेसम्म ‘१८ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियेगिता –२०८२ आयोजनाको सम्पूर्ण तयारी पुरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले राष्ट्रको नाम अन्तर्राष्ट्रिय पु¥याउन विद्यालयस्तरबाट खेलकुदलाई विशेष प्राथमिकतामा राख्न सुझाव दिनु भयो ।

प्रतियोगितामा नगरका ६२ सामुदायिक र संस्थागत विद्यालयका कक्षा १२ सम्मका एक हजार ५२५ विद्यार्थीहरु सहभागिता रहने एभरेष्ट विद्यालयका प्राचार्य टीकाराम पुरीले जानकारी दिनु भयो ।
तीनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्राको भलिबल, कवड्डी,एथलेटिक्स,मार्सल आर्ट, तेक्वान्दो, उसु(थाओल)र उसु(सान्सौ)मा विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने छन् ।
प्रतियोगिता विराटनगरको शहीद रङ्शाला,फ्युजन तेक्वान्दो तालीम केन्द्र र कवर्ड हालमा सञ्चालन हुने छन् ।––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077