कोशी प्रदेशमा एक पालिका, एक सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

Logo
Nav Nepal बुधबार, पुष ०९, २०८२

 

विराटनगर, ९ पुस ः कोशी प्रदेशमा एक पालिका, एक सामुदायिक बीउ बैंकको व्यवस्था गर्न सरोकारवालाहरुको जोड दिएका छन् ।
जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–वर्ड) पोखराको सहकार्य तथा कृषि विकास निर्देशनालय, कोशी प्रदेशसँगको समन्वयमा सामुदायिक विउ बैंक संघ नेपाल, कावासोती नवलपरासीले आज विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेशमा सामुदायिक बिउ बैंक ः वर्तमान अवस्था र विस्तारको आवस्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले स्थानीय र रैथाने जातका बीउहरुको संरक्षणका लागि हरेक स्थानीय तहहरुमा बीउ बैंक आवश्यक भएको वताएका छन् ।
कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले स्थानीय र रैथाने जातको बीउ संरक्षणका लागि सरकारले काम गरिरहेको बताउँदै स्थानीय उत्पादनबाट बनेका परिकारहरुलाई विद्यालय तथा सरकारी कार्यालयमा खाजाका रुपमा प्रयोग गरि प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनु भएको छ ।


सामुदायिक विउ बैंक संघ नेपालका कार्यक्रम सल्लाहकार पीताम्वर श्रेष्ठले बीउ बैंक वर्तमान र भविष्यको खाद्य सुरक्षा, पोषण, पर्यावरण, कृषि अनुसन्धान र विकासको आधार भएको बताउँदै रैथाने र स्थानीय विउ संरक्षणका लागि तीन तहकै सरकार मातहतका निकायहरूको साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो ।
सामुदायिक बीउ बैंक संघ नेपालका सञ्चालक सदस्य डिल्ली पौडेलले आगामी आर्थिक वर्षमा प्रदेशको पहलमा जिल्लाहरूमा विउ संरक्षणका लागि समावेश गर्न सकिने सम्भावनाको खोजी र मुलप्रवाहिकरण तथा विस्तारको मार्ग पहिचान गर्ने उद्देश्यले कार्यत्रक्रम आयोजना गरिएको बताउनुभयो ।
कृषि विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक प्रकाश डाँगीले कोशी प्रदेशमा कृषि जैविक विविधता, उपयोग तथा प्रबद्र्धनकका लागि सामुदायिक बीउँ बैंक, कृषि विभागका अमृत रेग्मीले कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैंक सुदृढीकरण सम्वन्धी नीति तथा कार्यत्रक्रम र राष्ट्रिय जीन बैंकका प्राविधिक अधिकृत प्रदिप थापाले कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैंक सुदृढीकरणमा राष्ट्रिय जीन बैंकबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कोशी प्रदेशका सामुदायिक बीउ बैंकहरुको बर्तमान अवस्था, असल अभ्यास र सिकाईबारे मोरङ, झापा, संखुवासभा र भोजपुरका प्रतिनिधिहरुले बीउ बैंकहरुले गरिरहेको कामबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सहभागी स्थानीय तहका कृषि शाखाका प्रमुख, प्रतिनिधिहरु, कृषि ज्ञान केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुले स्थानीय तथा रैथान जातको बीउ प्रबद्र्धनका लागि किसानहरुलाई सहुलियत प्रदान गर्दै आएको बताएका थिए ।
कोशी प्रदेशमा सामुदायिक बीउ बैंकहरुको सङ्ख्या चार वटा छ । चारपाते बीउँ बैक मोरङ, शिवगञ्ज सामुदायिक बीउ बैंक झापा, तामाफोक सामुदायिक बीउ बैंक, संखुवासभा र षडानन्द बीउ बैंक भोजपुर रहेका छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077