विराटनगर,१९ पुस ः संघीय उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले राष्ट्रको आर्थिक तथा व्यवसायिक क्षेत्रमा महोत्सवले नविन उत्साह सञ्चार गरेको बताउनु भएको छ।
मोरङ उद्योग ब्यापार संघ विराटनगरले पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगर–१ मा सञ्चालित ‘विराट ट्रेड एक्स्पो’ को आज साँझ समापन गर्दै उहाँले यस प्रकारको एक्स्पोले नविनतम प्रविधि र व्यवसायिक सञ्जाल निर्माण गर्न महत्वपुर्ण योगदान पु¥याउने विचार राख्नु भयो ।
मन्त्री सिन्हाले नेपालको औद्योगिक विकासमा विराटनगरको अन्त्यन्त गौरवशाली इतिहास रहेको चर्चा गर्दै उद्यमशिलताको विकासमा यस क्षेत्रका अग्रज उद्यमीहरुले दुरदर्शी रुपमा मुलुकमा औद्योगीक क्रान्ती ल्याएको धारणा राख्नु भयो ।
उहाँले कोशी प्रदेश आर्थिक समृद्धिको असिम सम्भावना वोकको आद्योगिक क्षेत्र भएको चर्चा गर्दै यस क्षेत्रले १६ प्रतिशत ग्राहस्थ उत्पादन र २५ प्रतिशत औद्योगीक उत्पादन गरी राष्ट्रलाई योगदान पु¥याएको बताउनु भयो ।

मन्त्री सिन्हाले नेपाल –भारत परिवहन सन्धीको संशोधनले कलकत्ता र विशाखापटनम वन्दरगाहवाट विराटनगर जोगवनीसम्म रेलमार्फत सवै किसिमका कार्गो ढुवानीको कानुनी बाटो खुलाले व्यापार सहजीकरण र ढुवानी भाडा घट्ने विश्वास जनाउनु भयो ।
उहाँले वर्तमान सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गरी राष्ट्रलाई राजनीति स्थायित्वको मार्गमा अग्रसर गराउन अगाडि वढेको बताउनु भयो ।
मन्त्री सिन्हाले वर्तमान सरकार युवाशक्तिलाई अधिकतम रुपमा राजनैतिक अग्रपङती लैजान प्रतिवद्ध रहेको धारणा राख्दै सोही अनुसार प्रतिनिधि सभाको निर्वाचनको तयारी तीव्र रुपमा अगाडि वढाएको बताउनु भयो ।
संघका अध्यक्ष अनुपम राठी, एक्स्पोका संयोजक अमितकुमार सारडा र पूर्व अध्यक्ष नविन रिजालले एक्स्पोले नयाँ उद्यमी र व्यवसायी जन्माउन सहयोग पु¥याउने विश्वास जनाउनु भयो ।
एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरुका उत्पादन, अटोमोवाइल क्षेत्रका साथै भारत, बंगलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु दुई सय स्टलबाट विक्री वितरण भएको थियो ।
एक्स्पोमा तीन लाख स्वदेशी तथा भारतीय दर्शकहरुले अवलोकन गर्नुका साथै करीव रु ५० करोडको कारोवार भएको आयोजकले जनाएको छ।
संघले यसअघि विस २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ एक्स्पो आयोजना गरेको थियो ।÷–––